
काठमाडौँ । आयरल्यान्डसहितका कलाकारको सहभागितामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा आजदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ, बिन्दु स्पेश फर आर्टिष्ट र काठमाडौँ ट्रिएनालेको संयुक्त आयोजनामा नेपालसहित अमेरिका, आयरल्याण्ड, डेनमार्कका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त प्रदर्शनी उद्घाटन गर्दै कला विश्वभाषा भएको र यसलाई बुझ्न बुझाउन यस्ता प्रदर्शनी महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रदर्शनीलाई संस्कृति, ज्ञान, सीप आदानप्रदानसँग जोड्दै कलाकारहरूले विश्व मानवहितका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
समारोहमा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्नुभयो । आयरल्याण्डका कलाकार लोरा मर्फीले यस प्रदर्शनीका लागि नेपाल ललितकला प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले कलाकारहरूलाई फरक देशको कला, भाषा, संस्कृति बुझ्नलाई थप सहयोग पुर्याउने बताउनुभयो । प्रदर्शनीमा नेपाली कलाकारका ६५, अमेरिकाका २२, डेनमार्कका दुई, आयरल्याण्डका दुई गरी २६ कलाकारका ८२ कलाकृति राखिएका छन् ।
प्रदर्शनीमा प्रतिष्ठानका कुलपति हार्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, हालका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्लेलगायत कलाकृति पनि समावेश छ ।
प्रदर्शनी यही माघ ६ गतेसम्म चल्ने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो । पोखरामा बनाइएका कलाकृतिसमेत प्रदर्शनीमा राखिएका छन् ।
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित