
काठमाडौं : ‘द गोर्खा मेमोरियल फण्ड बेलायत’ले झापा मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि ३१ थान कम्प्युटर सहयोग गरेको छ ।
फण्डका अध्यक्ष धनकिरण गुरुङको पहलमा ३२ लाख मूल्यका कम्प्युटरसहित टेबल, कुर्सी र कार्पेट आइतबार १२ जनवरी २०२५ मा विद्यालयलाई हस्तान्तरण गरिएको हो । धुलाबारी माध्यमिक विद्यालयमा तीन हजार पाँच सय ७३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये नौ सय जनाले कम्प्युटर विषयमा अध्ययन गरिरहेका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो ।
फण्डका अध्यक्ष गुरुङले आफूले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई ४२ वर्षपछि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बेलायतमा जस्तै नेपाली विद्यार्थीले प्रविधिमैत्री शिक्षा प्राप्त गर्न मद्दत पुगोस् भनेर सहयोग जुटाउने गरेको जानकारी दिनुभयो ।
फण्डले दुई वर्षअघि मेचीनगर–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयलाई २८ लाख मूल्य बराबरको ३१ कम्प्युटरसहितको प्रविधि प्रयोगशाला प्रदान गरेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा