
लन्डन । बेलायतको संसद् भवन परिसर र अन्य ठाउँमा हुने कार्यक्रमका लागि नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लन्डन आइपुग्नुभएको छ ।
नेता कोइराला बिहीबार राति १०:३० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल फोर उत्रिनु भएको हो । उहाँलाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको जम्बो टोलीले स्वागत गरेको थियो ।
उहाँ बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आउनुभएको हो ।
कोइरालाले आउँदो १३ जनवरी साँझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।
नेता कोइरालाले एक साता बेलायतमा रहँदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न शहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नुहुनेछ ।
नेता कोइराला बेलायत भ्रमण पूरा गरी जनवरी १६ तारिख नेपाल फर्किने उहाँको सचिवालयले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा