लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान् पर्व तमू ल्होछार मनाएको छ । गत सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पुस १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा ल्होछार मनाइएको हो ।

नेपालबाट आमान्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको विशेष उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, छोग, घनचक्र पूजा गरिएको थियो । कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले तमूहरुको मौलिक पर्व ल्होछारको पावन अवसरमा सबै प्राणी जगतमा सुख, शान्ति, समृद्धि, दीर्घायू एवं सुस्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गर्दै सबैलाई स्वागत गर्नुभएको थियो ।

त्यस्तै, आमान्त्रित लामा गुप्ती गुरुङ, खेन्पो छेवाङ्ग, बीसीसी यूकेका खेन्पो शेनाङ्ग, लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङलगायत धर्मगुरुहरुले विभिन्न धार्मिक पूजापाठहरु गर्नुभएको थियो । साथै, गुप्ती लामा गुरुले ल्होछारबारे धार्मिक प्रवचन दिएका थिए भने तमू धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले ल्होछारको शुभकामना मन्तव्य दिनुभएको थियो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पुस १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसवर्ष विश्वभर रहेका गुरुङहरुले गिद्ध वर्गलाई बिदाइ गर्दै सर्प वर्गलाई स्वागत गरिएको हो । सो अवसरमा बीसीसी युके अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ, तमु धीं युकेका निवर्तमान अध्यक्ष हरि गुरुङ, नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, पूर्वअध्यक्षहरु हित काजी गुरुङ, ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, तमू फोरम युकेका अध्यक्ष क्या. राजु गुरुङलगायत आमाहरु, सल्लाहकारहरुको विशेष उपस्थितिमा गुम्बा परिसरभित्र नयाँ लुंदा फेरेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष हित काजी गुरुङ, शेर्पा एशोसिएसन युकेका अध्यक्ष रिन्जी शेर्पा, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेका अध्यक्ष बिक्रम भट्टराई, मगर संघ युके, सीसी लण्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ, बीसीसी युकेका ट्रष्टी मेम्बर्सलगायत करिब १००० जनाको उपस्थिति रहेको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन क्याप्टेन देब घलेले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सफल बनाउनका लागि बीसीसी युकेका सिंगो कार्यसमिति, आमाहरु, सल्लाहकारहरुका साथसाथै ट्रष्टी मेम्बर्सहरुले विशेष भूमिका खेल्नुभएको थियो ।

त्यस्तै, विभिन्न सहभागी भक्तजनहरुले भोजनदान, जिन्सी दान तथा दीप प्रज्ज्वलन गरेका थिए । बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीसीसी युके उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देब घलेले सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महासचिव मेजर हितमान गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
बीसीसी युकेले तमू ल्होछार, सोनाम ल्होछार, ग्याल्पो ल्होछार लगायतका कार्यक्रमहरुमा विशेष पूजापाठहरु गर्दै आएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद