
लन्डन । क्षेत्री समाज बेलायतको नयाँ नेतृत्व चयनका लागि आगामी अप्रिल ५ तारिखमा साधारणसभा हुने भएको छ । गत १६ डिसेम्बर २०२४ मा बसेको बैठकले अल्डरसटमा ५ अप्रिलमा ९ औं साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभाले २०२५–२७ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ । कार्यसमिति चयन गर्न समाजले विधानअनुरुप तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरिसकेको छ । सदस्यहरुमा समाजका सल्लाहकार डा. राम अधिकारी, समाजका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार रि. क्याप्टेन धन कुँवर र समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री छन् ।
साधारणसभामा वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा समाजको तर्फबाट भए गरेका आर्थिक एवं सांगठनिक प्रतिवेदनबारे छलफलपछि अनुमोदन गराइने योजना छ । बैठकले साधारणसभामा समाजका सबै सदस्यहरुलाई सहभागी भइ कार्यसमितिले गरेका कामको अनुमोदन, सल्लाह–सुझाव साथै नयाँ कार्यसमिति निर्माण गर्ने कार्यमा सभागी हुन आह्वानसमेत गरेको छ ।
बैठकले पन्जीकृत रहेका आवधिक सदस्यहरुलाई आफ्नो सदस्यता अद्यावधिक गराउन र समाजको सदस्य बन्न चाहनेलाई सदस्यता लिन पनि आह्वान गरको छ ।
सदस्यता अध्यावधिक गर्न र नयाँ सदस्य बन्न चाहनेहरुले क्षेत्री समाज बेलायतका महासचिवको इमेल- [email protected] अथवा उपाध्यक्षको इमेल [email protected] मा सम्पर्क राखी सन् २०२५ मार्च २० तारिख भित्र आफ्नो सदस्यता कायम गरिसक्नुपर्ने क्षेत्री समाज बेलायतले जनाएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा