
लन्डन । सोंपाल समाज युकेको ल्होछार कार्यक्रम लण्डनको ग्रिनफोर्डस्थित टाउनहलमा भव्य समारोहबीच सम्पन्न भएको छ ।
शनिबार ४ जनवरी २०२५ मा अध्यक्ष जगदीश गुरुङको अध्यक्षता र शान्ताकुमारी गुरुङको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमसहित ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, उहाँको धर्मपत्नी आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र निवर्तमान अध्यक्ष हरि गुरुङ, वहाँको धर्मपत्नी आमा समूह निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ र नेपालबाट आउनुभएका धर्मगुरु धिरबहादुर गुरुङ विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । समाजका अनुसार ल्होछार कार्यक्रमको अवसरमा ज्वाइँ, चेलीबेटी तथा भान्जाभान्जीहरुलाई सदाको जस्तै निमन्त्रणा गरिएको थियो भने कार्यक्रमको दौरान जति पनि संस्थाभित्र शिक्षा, प्रमोसन, नयाँ वैवाहिक जोडी, न्यु कमर्स, नयाँ व्यापार/व्यवसायजस्ता विभिन्न क्षेत्रमा सफल हासिल गर्नुहुने व्यक्तिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रम औपचारिक र मनोरञ्जनात्मक गरी दुई चरणमा विभाजन गरिएको थियो । औंपचारिक कार्यक्रम संस्थाका महासचिव क्या• मोहन गुरुङले सन्चालन गर्नुभएको थियो भने मनोरञ्जनात्मक कार्यक्रम सांस्कृतिक सचिव सिर्जना गुरुङ र निलम गुरुङले सन्चालन गर्नु भएको थियो ।
मनोरञ्जनात्मक कार्यक्रममा नेपालबाट आउनुभएका राष्ट्रिय कलाकारहरु राजबहादुर गुरुङ, स्थानीय कलाकार निता गुरुङले भरपुर मनोरञ्जन दिलाउनुभएको थियो । भव्य रुपमा सम्पन्न भएको ल्होछार कार्यक्रमको संयोजकत्व उपाध्यक्ष भरत गुरुङले गर्नुभएको थियो ।

अन्त्यमा अध्यक्ष जगदीश गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने र उपस्थित सबैलाई धन्यवाद दिनुहुँदै नयाँ वर्षको शुभकामनासहित कार्यक्रम समापन गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद