
लन्डन । बेलायती प्रधानमन्त्री किर स्टारमरले अमेरिकाको न्यु अर्लिन्समा नयाँ वर्षको पूर्वसन्ध्यामा रमाइलो गर्नेहरूको भिडमा भएको आक्रमणप्रति निन्दा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा एक्समा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री स्टार्मरले न्यू अर्लिन्समा भएको आक्रम स्तब्धकारी हिंसात्मक र भयावह रहेको टिप्पणी गर्नुभएको छ । ‘न्यू अर्लिन्समा भएको स्तब्धकारी हिंसात्मक आक्रमण भयावह छ,’ उहाँले भन्नुभयो, ‘यस दुःखद समयमा पीडितहरू, उनीहरूका परिवारहरू, आपत्कालीन प्रतिक्रियाकर्ताहरू र संयुक्त राज्य अमेरिकाका जनताप्रति मेरो समवेदना छ ।’
अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा कार जोताइँदा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । न्यु अर्लियन्सको बर्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताएलगत्तै चालक कारबाहिर निस्केर गोली प्रहार गर्न सुरू गरेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई लक्ष्य गरी जवाफी फायर गरेको थियो । गोली लागेका दुई प्रहरी अधिकारी घाइते भएका न्यु अर्लीयन्सका प्रहरी प्रमुखले जनाएका थिए ।
यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, चीनको बेइजिङका विदेश मामिला प्रवक्ता माओ निङ, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की, युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कालास, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इजरायली विदेशमन्त्री गिडियोन सार, टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जाल र विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा