
रेडिङ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेभिनार श्रृंखला सुरु गर्ने भएको छ।
नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान आदानप्रदान गर्ने लक्ष्यका साथ यो वेभिनार शुरु गरिएको सिएनएस युकेले जनाएको छ ।
यो कार्यक्रमको पहिलो श्रृंखला शनिबार ४ जनवरी, २०२५ का दिनदेखि औपचारिक रूपमा सुरु हुनेछ । त्यसपछि हरेक महिनाको पहिलो शनिबार बिहान बेलायती समयअनुसार १० बजेदेखि ११:१५ बजेसम्म (नेपाली समय दिउँसो ३:४५ बजेदेखि ५ बजेसम्म) सो वेभिनार सन्चालन हुने छ ।
पहिलो सत्रमा नेपालबारे दशकौँदेखि अनुसन्धान गर्दै आएका अक्सफोर्ड विश्वविद्यालयका पूर्व प्राध्यापक डेभिड गेल्नरले “नेपाल र प्रवासमा मन्दिर र पहिचान” विषयमा प्रस्तुति दिनेछन् ।
“यो सत्रले नेपाल (जन्मभूमि) र नयाँ आप्रवासन गन्तव्यहरू, विशेष गरी बेलायतमा हुने दैनन्दिन धार्मिक अभ्यासहरूबारे गहिरो अनुसन्धानमा आधारित जानकारी प्रदान गर्नेछ,” नेपाल डायलग युकेका संयोजक डा. कृष्ण अधिकारीले जानकारी दिँदै भने । “हामी आशा गर्छौं कि यसले विचारोत्तेजक छलफलहरूलाई प्रेरित गर्नेछ साथै नेपाल र नेपाली प्रवासी समुदायलाई जोड्दै सांस्कृतिक अभ्यासहरूको समझदारी र साझा शिक्षालाई प्रवर्द्धन गर्नेछ।”
सिएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले वेभिनार श्रृंखला अर्थपूर्ण संवादका लागि एक जीवन्त मञ्च सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । ढकालले भने, “अनुसन्धाताहरू, शिक्षाविद्, पेशाकर्मीहरू र सर्वसाधारणलाई एकत्रित गरी नेपाल र प्रवासी नेपाली समुदायका लागि महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल गर्ने आशा हामीले गरेका र्छौं ।”
यो वेबिनार श्रृंखलामा नेपाल र प्रवासी नेपाली समुदायसित सम्बन्धित विभिन्न प्राज्ञिक अनुसन्धानात्मक छलफलका साथै विभिन्न दैनन्दिन सरोकार विषयहरू समेटिनेछन् । सिएनएस युकेले यस वेभिनारमा अन्य संस्थाहरूसित पनि सहकार्य साझा चासोका विषयमा छलफल गराउने योजना पनि बनाएको छ।
जूमबाट हुने यस वेभिनारमा निशुल्करूपमा सहभागी हुन सकिने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा