लन्डन । पाँचथर समाज सेवा युकेले शैक्षिक क्षेत्रमा सहयोगार्थ आगामी ८ फेब्रुअरी २०२५ मा च्यारिटी डिनर आयोजना गर्ने निर्णय गरेको छ ।

आइतबार २९ डिसेम्बरका दिन अध्यक्ष शान्ति लिम्बुको अध्यक्षतामा भर्चुअलमाध्यमबाट बसेको साधारणसभाले च्यारिटी डिनर गर्ने लगायत निर्णय पारित गरेको हो । संकलित रकम पाँचथर जिल्लामा अवस्थित विद्यालयहरुमा सहयोग गरिने छ ।
सांस्कृतिक विभाग प्रमुख गायक तारा लक्समले आफू नेतृत्वको विभागको समीक्षा गर्दै अब हुने च्यारिटी कार्यक्रम सफल पार्न सबैको सल्लाह, सुझाव र साथ सहयोग हुनु पर्ने बताउनुभयो ।साधारणसभामा महासचिव लाहाङ चेम्जोङले वार्षिक कार्यप्रतिवेदन र कोषाध्यक्ष शिखर साम्बाहाङ्फेले पेस गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको अध्यक्ष शान्ति लिम्बुले जानकारी दिनुभयो ।
सल्लाहकार चन्द्र सुदासले कार्यसमितिको केही कमीकमजोरी रहेको औंल्याउँदै त्यसलाई तुरुन्तै सल्ट्याउनु पर्ने सुझाव दिनुभयो ।
मिडिया सेक्रेटरी सुक तुम्रोक, कार्यकारी सदस्य एवम् उद्घोषिका पारु राई, दिपा लिम्बु र रस्मी लिम्बुले संस्थाप्रतिको उपलब्धि र भावी योजनाहरुको सफलताको शुभकामनासहित मन्तव्य राख्नुभएको थियो । सभामा सल्लाहकारहरु चन्द्र सुन्दास, लिला सेलिङ माबो, नरबिर आङ्बोको समेत उपस्थिति रहेको थियो । सभामा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले स्वागत मन्तव्य र महासचिव लाहाङ चेम्जोङले सभा सन्चालन गर्नुभएको थियो ।
अध्यक्ष शान्ति लिम्बुले सभामा उपस्थित सलाहकारहरु, कार्यसमितिलगायत सबै सदस्यहरुको संस्थाप्रति साथ सहयोग र योगदानलाई प्रोत्साहन दिँदै सभामा उपस्थितिका लागि धन्यवादसहित साधारणसभा समापन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा