लन्डन । पाँचथर समाज सेवा युकेले शैक्षिक क्षेत्रमा सहयोगार्थ आगामी ८ फेब्रुअरी २०२५ मा च्यारिटी डिनर आयोजना गर्ने निर्णय गरेको छ ।

आइतबार २९ डिसेम्बरका दिन अध्यक्ष शान्ति लिम्बुको अध्यक्षतामा भर्चुअलमाध्यमबाट बसेको साधारणसभाले च्यारिटी डिनर गर्ने लगायत निर्णय पारित गरेको हो । संकलित रकम पाँचथर जिल्लामा अवस्थित विद्यालयहरुमा सहयोग गरिने छ ।
सांस्कृतिक विभाग प्रमुख गायक तारा लक्समले आफू नेतृत्वको विभागको समीक्षा गर्दै अब हुने च्यारिटी कार्यक्रम सफल पार्न सबैको सल्लाह, सुझाव र साथ सहयोग हुनु पर्ने बताउनुभयो ।साधारणसभामा महासचिव लाहाङ चेम्जोङले वार्षिक कार्यप्रतिवेदन र कोषाध्यक्ष शिखर साम्बाहाङ्फेले पेस गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको अध्यक्ष शान्ति लिम्बुले जानकारी दिनुभयो ।
सल्लाहकार चन्द्र सुदासले कार्यसमितिको केही कमीकमजोरी रहेको औंल्याउँदै त्यसलाई तुरुन्तै सल्ट्याउनु पर्ने सुझाव दिनुभयो ।
मिडिया सेक्रेटरी सुक तुम्रोक, कार्यकारी सदस्य एवम् उद्घोषिका पारु राई, दिपा लिम्बु र रस्मी लिम्बुले संस्थाप्रतिको उपलब्धि र भावी योजनाहरुको सफलताको शुभकामनासहित मन्तव्य राख्नुभएको थियो । सभामा सल्लाहकारहरु चन्द्र सुन्दास, लिला सेलिङ माबो, नरबिर आङ्बोको समेत उपस्थिति रहेको थियो । सभामा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले स्वागत मन्तव्य र महासचिव लाहाङ चेम्जोङले सभा सन्चालन गर्नुभएको थियो ।
अध्यक्ष शान्ति लिम्बुले सभामा उपस्थित सलाहकारहरु, कार्यसमितिलगायत सबै सदस्यहरुको संस्थाप्रति साथ सहयोग र योगदानलाई प्रोत्साहन दिँदै सभामा उपस्थितिका लागि धन्यवादसहित साधारणसभा समापन गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा