लन्डन । नेपाल रन युकेले आउँदो १५ फेब्रुअरीदेखि २१ सम्म नेपालमा म्याराथन च्यालेन्ज गर्ने भएको छ । पहिलो पटक ७ प्रदेशमा ७ दिनमा ७ जना धावकहरू (यूके-अमेरिका) सम्मिलित ७ वटा म्याराथन र सँगै हाफ म्याराथनको तयारी गरिएको हो ।

आउँदो १५ फेब्रुअरीमा गण्डकी प्रदेशमा पोखरा म्याराथन, १६ फेब्रुअरीमा लुम्बिनीको बुटवलमा, १७ फेब्रुअरीमा सुदूरपश्चिमको धनगढीमा, १८ फेब्रुअरीमा कर्णालीको सुर्खेतमा, १९ फेब्रुअरीमा वाग्मतीको हेटौँडामा, २० फेब्रुअरीमा मधेस प्रदेशको जनकपुर र २१ फेब्रुअरीमा कोशीको धरानमा एकसाथ पूरा र हाफ म्याराथन गर्ने तयारी भएकोने पाल रन युकेका संस्थापक अध्यक्ष सन्तोष राईले जानकारी दिनुभएको छ । उहाँका अनुसार म्याराथनमा दौडन सात जना अन्तर्राष्ट्रियबाहेक १०/१० जना स्थानीय धावकहरू पनि संलग्न गराइने छ । यस अतिरिक्त २२ फेब्रुअरीमा ‘धरान टेन के रन’ समेत गर्न लागिएको छ ।
ती दौडमा राजन खत्री नेतृत्वको एथलेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गरेको छ । प्रत्येक प्रदेशमा स्थानीय संघसंस्थाले समेत सहयोग गर्नुभएको छ । अध्यक्ष राईले यो च्यारिटी इभेन्ट भएको जनाउँदै प्राप्त हुने सबै नाफा जुम्लामा निर्माणाधीन हाइ अल्टिच्युड ट्रेनिङ क्याम्पका लागि दिइने बताउनुभयो । उक्त क्याम्प बनाउन स्थानीय हरि रोकायाले जग्गा उपलब्ध गराइसक्नुभएको छ ।
बेलायतको नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित नेपाल रन यूकेले लन्डनमा बर्सेनि नर्थल्ट टेन के रन गर्दै आएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा