
लण्डन । खैरेनी सेरोफेरो परिवार बेलायतको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
डिसेम्बर २२ मा लण्डनको ग्रीनहील आर्मी वेलफेयर सेन्टर वुलवीचमा सम्पन्न सो भेटघाटको अध्यक्षता लेफ्टिनेन्ट रिटायर्ड कृष्णबहादुर गुरुङले गर्नुभएको थियो भने सन्चालन चन्द्रादेवी गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा परिवारका सदस्यहरू निर्मला राना र कमला रानाको आमा पार्वती राना (मास्टर्नी आमा), अर्का सदस्य काजी गुरुङको श्रीमान पाइलट क्याप्टेन चेतबहादुर गुरुङ, समाजका पूर्व सचिव राजेन्द्र रानाको छोरा रेमन रानाको निधनमा एक मिनेट मौनधारण गरिएको थियो ।
यस्तै, समाजका सदस्यहरूले हासिल गरेको विभिन्न उपलब्धिहरूमा हार्दिक बधाई पनि दिइएको थियो । जसमा घर खरिद गरेकोमा परिवारकी चेली हमा रन्जितकार, सदस्य जसुधा गुरुङको छोरा बिहान गुरुङ, आफ्नै अकाउण्टेसी फर्म शुरु गरेकोमा एल्सा गुरुङ र सुधीर गुरुङ, साउथ इष्ट लण्डन तमुधिँको अध्यक्ष हुनुभएकोमा प्रेमबहादुर गुरुङ र धर्मपत्नी लक्ष्मी गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो ।
कार्यक्रममा ४ वर्षदेखि ९९ वर्ष सम्म उमेर समूहका सहभागी भएका थिए । कार्यक्रममा समाजको आर्थिक विवरण पनि सुनाइएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष कृष्ण गुरुङले धन्यवाद दिएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा