
लण्डन । खैरेनी सेरोफेरो परिवार बेलायतको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
डिसेम्बर २२ मा लण्डनको ग्रीनहील आर्मी वेलफेयर सेन्टर वुलवीचमा सम्पन्न सो भेटघाटको अध्यक्षता लेफ्टिनेन्ट रिटायर्ड कृष्णबहादुर गुरुङले गर्नुभएको थियो भने सन्चालन चन्द्रादेवी गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा परिवारका सदस्यहरू निर्मला राना र कमला रानाको आमा पार्वती राना (मास्टर्नी आमा), अर्का सदस्य काजी गुरुङको श्रीमान पाइलट क्याप्टेन चेतबहादुर गुरुङ, समाजका पूर्व सचिव राजेन्द्र रानाको छोरा रेमन रानाको निधनमा एक मिनेट मौनधारण गरिएको थियो ।
यस्तै, समाजका सदस्यहरूले हासिल गरेको विभिन्न उपलब्धिहरूमा हार्दिक बधाई पनि दिइएको थियो । जसमा घर खरिद गरेकोमा परिवारकी चेली हमा रन्जितकार, सदस्य जसुधा गुरुङको छोरा बिहान गुरुङ, आफ्नै अकाउण्टेसी फर्म शुरु गरेकोमा एल्सा गुरुङ र सुधीर गुरुङ, साउथ इष्ट लण्डन तमुधिँको अध्यक्ष हुनुभएकोमा प्रेमबहादुर गुरुङ र धर्मपत्नी लक्ष्मी गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो ।
कार्यक्रममा ४ वर्षदेखि ९९ वर्ष सम्म उमेर समूहका सहभागी भएका थिए । कार्यक्रममा समाजको आर्थिक विवरण पनि सुनाइएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष कृष्ण गुरुङले धन्यवाद दिएका थिए ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा