
लन्डन । अल्डरसट भलिबल क्लबको अध्यक्षमा विमल गुरुङ चयन हुनु भएको छ ।
शनिबार अल्डरसटस्थित माइतीघरमा भएको पाँचौँ अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
उपाध्यक्षमा सैलेश राई र सेवक ग्लान, सचिवमा गोकुल राई, सहसचिवमा मेश पुन, कोषाध्यक्षमा कृष्ण गुरुङ, सहकोषाध्यक्षमा हेम राई र खेल संयोजक मिन ठकुरी चयन हुनुभएको छ ।
अधिवेशनमा क्लबका संरक्षक शेरबहादुर सुनारले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो । अधिवेशनको निर्वाचन मण्डलमा क्लबकै पूर्वअध्यक्षहरू डोल श्रीस र सोर्ग गुरुङ हुनुहुन्थ्यो ।
अल्डरसट वरिपरि बसोबास गर्ने भलिबलप्रेमीहरू मिलेर सन् २०१६ मा चन्द्र गुरुङको अध्यक्षतामा उक्त भलिबल क्लब स्थापना गरिएको हो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा