
लन्डन । तमुधीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले संस्थाको सानलाई अजै उच्च बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आफूलाई अध्यक्षमा निर्वाचित गराएकोमा आभार प्रकट गर्नुहुँदै उहाँले संस्थाको विशाल मान र सानलाई अझै उच्च बनाउन हरकिसिमले कोसिस गर्ने बताउनुभएको हो । ‘तमुधीं यूके जातीय संस्था भए पनि यसले गरेको क्रियाकलापहरु गोर्खा कप, नेपाली मेला, आजीवन सदस्य रात्रिभोज, डा हर्क गुरुङ र डा चन्द्र गुरुङ स्मृति साँझ, तमु प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष संकलन कार्यक्रम र तमु ल्होछार आदिले गर्दा यो संस्थाले परोपकारी संस्थाको रुपमा आफ्नो परिचय बनाएको छ । बाढी, पहिरो, भूकम्प, आगलागी र कोरोनापीडितहरुलाई गर्दै आएको सहयोगले संस्थाले आफ्नो परिचय अग्लो र सग्लो बनाएको छ,’ अध्यक्ष गुरुङले फेसबुकमा लेख्नुभएको छ, ‘संस्थाको यस्तो विशाल मान र सानलाई अझै उच्च बनाउन हरकिसिमले कोसिस गर्ने छु ।’
आफ्नो चरित्र काममा केन्द्रित हुने रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष गुरुङले तमुधींको हितलाई सर्वोपरी ठान्नेसमेत बताउनुभयो । ‘सबैको आ-आफ्नो चरित्र हुन्छ । बोल्ने कुरामा भन्दा काममा बढी केन्द्रित हुने मेरो चरित्र रहेको छ । त्यसैले म काममा नै केन्द्रित रहने छु,’ उहाँको भनाइ छ, ‘मेरो कार्यकालमा यहाँहरुको राय, सुझावलाई लिएर अगाडि बढ्ने छु । तमुधींको हितलाई सर्वोपरी ठान्ने छु । तमुधींको हित विपरीत कुनै काममा सम्झौता गर्ने छैन । सदाझैं हजुरहरुको साथ र सहयोग पाउने कुरामा विश्वस्त छु ।’
उहाँले आफूलाई तमुधींको अध्यक्ष पदमा चुनेर अवसर दिएकोमा तमुधीं यूकेको १२ औं कार्यसमितिका अध्यक्ष हरि गुरुङलगायत कार्यसमितिको पदाधिकारी र सदस्यहरु, आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङलगायत कार्यसमितिको पदाधिकारीहरु र सदस्य रु, सस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलगायत संस्थापकहरु, पूर्वअध्यक्षहरु, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ र पुनम गुरुङहरु र आईसीसी सदस्यद्वय, तमुधीं यूकेका ट्रस्टिजहरु, सल्लाहकारहरु, एकाईका अध्यक्षहरु, आजीवन सदस्यहरु, विभिन्न संघ संस्थाका अध्यक्षहरुलगायतलाई धन्यवाद दिनुभएको छ ।
यस्तै २०२४ डिसेम्बर १४ का दिन भएको तमुधीं युकेको महाधिवेशनको लागि चयन भएको निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङ र सहसंयोजक मेरि कृष्णबहादुर गुरुङ, उपस्थित सबै तमु, तमुस्योहरु र पत्रकारहरु पनि धन्यवाद प्रकट गर्नुभएको छ । ‘यहाँहरुले मलाई गौरवशाली संस्था तमुधीं युकेको गरिमामय अध्यक्ष पदमा म र मेरी जीवन संगिनी कमलादेवी गुरुङलाई आमा समूह अध्यक्षमा निर्विरोध निर्वाचित गर्नुभएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उहाँले स्टाट्समा लेख्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा