
लन्डन । बेजिङस्टोक निवासी लिम्बू समुदायले लिम्बुहरुको महान् पर्व चासोक तङ्नाम भव्यताका साथ मनाएका छ्न् ।
बेजिङस्टोक शाखा अध्यक्ष शान्तिमाया नाल्बोको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । दीपप्रज्वलनबाट सुरु भएको औपचारिक कार्यक्रम संचालन सचिव धन माबो गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बोले राख्नुभएको थियो। हेल्थ एन्ड सेफ्टी जानकारी प्रिया लिङ्थेपले दिनुभएको थियो ।
बिहान १० बजे किराँत धर्मअनुसार कल्पना आङबुहाङ वाराङहाङ र चन्द्रकला लिम्बूद्वारा पूजापाठबाट सुरुआत गरिएको कार्यक्रम रातको १० बजेसम्म चलेको थियो । सोही दिन आयोजित समाजको वार्षिक साधरणसभामा शाखाका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।
स्थानीय कलाकारहरुद्वारा केलाङ, हाक्पारे र पालामले सभालाई मनोरन्जनपूर्ण बनाएको थियो भने नेपालबाट आएका गायक बर्बिम शेर्मा र गायिका गंगा फेयकले भरपुर मनोरन्जन गराउनुभएको थियो । साथै राफल ड्र मा सबैको ध्यानाकर्षण भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेका प्रतिनिधि महेश वनेम, स्थानीय समाज बीएनसीका ओम गुरुङ, किरात राई यायोक्खा शाखा अध्यक्ष शिवधोज राई, केवाईसी यूकेका पूर्वअध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, सुभास जबेगु, शाखाका पूर्वअध्यक्ष लिङ्थेप, अमृता पालुङ्वा सबेनहिम, चन्द्र बेघा, रसमुर शाखाका पूर्वअध्यक्ष व्यापारी जित मेन्याङ्बो र रिडिङ शाखाका पूर्वसचिव एलबी सुब्बा, समाजसेवी निशा शर्मा, स्थानीय व्यापारी बल थापा लगायतको उपस्थिति थियो ।
अनौपचारिक कार्यक्रम संचालन प्रिया लिङथेप र दिपा लिम्बूले गर्नुभएको थियो । साउण्ड सिस्टममा दिलिप लिम्बूले जिम्मा लिनुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा