
लन्डन । बेलायती सरकारले मङ्गलबार रुसी आक्रमणबाट प्रभावित युक्रेनको उर्जा ग्रिड मर्मत गर्न र चिसो मौसमको सामना गरिरहेका युक्रेनीहरूलाई सहयोग गर्न तीन करोड ५० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ । बेलायत सरकारको विवरणअनुसार दुई करोड पाउन्ड विद्युत् सञ्जाल पुनःस्थापना र युक्रेनी पूर्वाधार संरक्षणमा खर्च गरिनेछ ।
थप एक करोड ५० लाख पाउन्ड ‘तापक्रम घट्दै गएको बेला सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई जीवनरक्षक मानवीय सहयोग’ प्रदान गर्न उपलब्ध गराइनेछ । रुसले शुक्रबार बिहान एक पटक फेरि युद्धग्रस्त युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आफ्नो सबैभन्दा ठूलो क्षेप्यास्त्र आक्रमण गर्यो ।
युक्रेनी डिटिइके पावर प्रदायकले आक्रमणले केही युक्रेनी विद्युत् संयन्त्रलाई ‘गम्भीर क्षति’ पुर्याएको र हजारौँ मानिसको बिजुली बन्द भएको बताएको छ । किएभका अनुसार वर्षको सुरुआतदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि कम्तीमा ११ ठूला स्तरका आक्रमण गरेको छ र युक्रेनीहरू अहिले युद्धको तेस्रो जाडो बिताइरहेका छन् ।
बेलायत सरकारले ऊर्जा कम्पनीहरू टु रिभर्स डिएमसिसि र टु रिभर्स पिटिई लिमिटेडलाई पनि स्वीकृति दिएको छ । ती कम्पनी ‘रूसी तेलको कारोबारमा महत्त्वपूर्ण कडी’ मानिन्छन् ।
बेलायती प्रधानमन्त्री किअर स्टारमरले पश्चिमी प्रतिबन्धहरूलाई बेवास्ता गर्ने तेल ट्याङ्करहरूको मस्कोको तथाकथित ‘छाया फ्लिट’ मा थप कारबाहीको घोषणा गर्नुभयो । पछिल्लो प्रतिबन्धले १६ वटा जहाजलाई लक्षित गरेको छ । ब्रिटिश सरकारले अहिलेसम्म रूसी ऊर्जा ढुवानी गर्ने १०० भन्दा बढी जहाजमाथि प्रतिबन्ध लगाएको बताएको छ । यसले ट्याङ्करहरू ‘बन्दरगाह बाहिर निष्क्रिय’ भएका छन् र ‘पुटिन र उहाँको युद्ध प्रयासहरूलाई लाखौँ रकम बर्बाद’ गर्न बाध्य गराएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा