
लन्डन । विश्वकप-२०३० स्पेन, पोर्चुगल र मोरक्कोमा र २०३४ मा साउदी अरेबियामा हुने भएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने र सन् २०३४ को विश्वकप साउदी अरेबियामा गर्ने बुधबार निर्णय गरेको हो । सन् २०३० को विश्वकपका तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् । विश्वकप आयोजनामा सय वर्ष पुगेको अवसरमा यी तीन देशमा तीन खेल हुन लागेको हो ।
फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले विश्वका दुई संस्करणको आयोजकबारे मतदानको मद्दतले निर्णय गरेको हो । सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्न लागेका हुन् ।
फिफाले पछिल्लो समय विश्वकपका प्रत्येक संस्करण फरक-फरक महादेशमा गर्ने निर्णय गरेको थियो । यस्तोमा सन् २०३४ को विश्वकप एसियामा हुने क्रममा थियो र साउदी अरेबियाले मात्रै त्यसको आयोजनाका लागि दाबेदारी पेस गरेको थियो । सन् २०२२ को विश्वकप अर्को एसियाली देश कतारमै भएको थियो ।
२०३४ मा साउदी अरबले विश्वकप फुटबल खेलाउने जिम्मेवारी पाएको फिफाको घोषणले साउदी अरबका आफ्ना नागरिकमा मात्रै खुसीको उत्सव छाएको छैन । यो उत्सवमा साउदी अरबको विकासमा योगदान पुर्याउन गएका एक करोड ३४ लाख आप्रवासी श्रमिक पनि जोडिन पुगेको छ । आप्रवासीको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो । जसमा साउदीमा ४ लाख नेपाली कार्यरत छन् ।
साउदीले आउँदो विश्वकपको लागि आफ्ना प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा र नियोमका तीन वटा रंगशालालाई स्तरीकरण गर्नेसहित थप भव्य ११ वटा बृहत् रंगशाला निर्माणको योजना बनाएको छ ।
त्यस्तै एक लाख ८५ वटा होटलका कोठाहरु, विमानस्थल, सडक, रेल सहितका आधुनिक पूर्वाधारहरुको निर्माणसँग सम्बन्धी आयोजनाहरु अगाडि बढाइएको छ । साउदीले विश्वकपलाई नै लक्ष्य गरी बृहत् राष्ट्रिय परियोजनाको निर्माण अगाडि बढाइसकेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा