
लण्डन । बेलायतको गृह मन्त्रालयले बायोमेट्रिक रेसिडेन्स पर्मिट (बीआरपी) का आधारमा सन् २०२५ को मार्च महिनासम्म यात्रा गर्न पाउने प्रष्ट गरेको छ ।
मन्त्रालयले बीआरपी र बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) यही डिसेम्बर महिनाबाट खारेज गर्ने घोषणा गरेर इभिसा लागू गर्ने निर्णय गरेको थियो । तर पुरानो व्यबस्थाबाट इभिसामा रूपान्तरण हुन केही समय लाग्न सक्ने भन्दै मन्त्रालयले मार्चसम्म बीआरपी वा बीआरसी लिएर यात्रा गर्न पाइने बनाएको हो ।
वायु सेवा सन्चालकहरूलाई सजिलो बनाउन सो निर्णय लिइएको बताइएको छ । किनकि यदि कुनै पनि देशमा प्रवेशको अनुमति नभएका यात्रुलाई बोकेको अवस्थामा त्यस्ता यात्रुलाई फिर्ता लैजाँदा लाग्ने खर्च पनि सम्बन्धित वायु सेवाले नै ब्यहोर्न पर्ने प्रावधान रहेको छ ।
बेलायती सरकारकी अध्यागमन तथा नागरिकता सम्बन्धी मन्त्री सीमा मल्होत्राले हालसम्म ३१ लाख मानिसहरूले इभिसा लिएको बताएकी छिन् । इभिसाका बारेमा आएका प्रतिक्रियाहरू आफूले अध्ययन गरिररहेको बताउँदै उनले बिना झन्झटको अन्तर्राष्ट्रिय यात्राका लागि म्याद सकिएको बीआरपी वा बीआरसीलाई पनि मान्यता दिइएको बताइन् ।
मन्त्रालयले इभिसा लिन बाँकीलाई पनि यसै महिनाको अन्त्यसम्ममा लिइसक्न अपील गरेको छ ।
मन्त्रालयले पासपोर्टमा इन्डिफिनट लिभ टू रिमेन (आइएलआर) को छाप लिएर यात्रा गर्नेहरूले पहिलेजस्तै गरी यात्रा गर्न सक्ने बताएको छ भने उनीहरूलाई नो टाइम लिमिटका लागि आवेदन दिन र त्यसपछि इभिसा लिन पनि आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद