लन्डन । नेपाली पर्या साहित्य प्रतिष्ठानले पर्यावरणीय निबन्ध प्रतियोगिताका लागि रचना आह्वान गरेको छ ।
पर्या साहित्यलाई प्रवर्द्धनको उद्देश्यले आयोजना गर्न लागिएको साहित्यको सशक्त विधा निबन्ध लेखनका लागि विभिन्न सर्त र नियमभित्र रहेर रचना पठाउन आग्रह गरिएको छ ।

निबन्ध प्रतियोगितामा संसारभरिका स्रष्टाले भाग लिन सक्नेछन् ।प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय निबन्धलाई ३० हजार पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी उत्कृष्ट २० निबन्धहरु संग्रहको रुपमा प्रकाशन गरिने र संग्रहमा प्रकाशित हुन बाँकी १७ निबन्धकारलाई जनही २ हजार रुपैयाँ सम्मानस्वरुप दिइने छ ।
पर्या निबन्ध प्रतियोगिताको नतिजा २०२५ मे ३१ शनिबार (२०८२ जेठ १७) काठमाडौंमा आयोजना गरिने ‘१० औं वातावरण साहित्य गोष्ठी’मा सार्वजनिक गरिने बेलायतवासी वातावरणविद् तथा साहित्यकार विजय हितानले जानकारी दिनुभएको छ ।
उहाँले सोही दिन निबन्धसंग्रहको पुस्तकको लोकार्पण पनि हुने बताउनुभयो ।
प्रतियोगीका लागि सर्त तथा नियम
१. निबन्धको विषय क्षेत्र पर्यावरण विशेश पर्यावरणीय साहित्य हुनुपर्नेछ ।
२. निबन्ध नेपाली भाषामा लेखिएको साहित्यिक भाव झल्किने रचना हुनुपर्नेछ । अझ साहित्यिकता नै त्यसको पहिलो कसी हुनेछ। भाषिक शुद्धता, वैचारिक सुसङ्गति र स्पष्टतामा विशेष ध्यान दइनेछ ।
३. निबन्ध २,५०० देखि ३,५०० शब्दसम्मको हुनुपर्नेछ ।
४. निबन्ध यूनिकोड या प्रिति फन्टमा टाइप गरी वर्ड फाइलमा पठाउनुपर्नेछ ।
५. निबन्ध प्रतियोगितामा संसारभरिका स्रष्टाले भाग लिन सक्नेछन् ।
६. निबन्ध अप्रकाशित, अप्रसारित र मौलिक हुनुपर्नेछ ।७. नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको निबन्ध कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
८. छनोटमा परेका निबन्ध अन्य माध्यममा प्रकाशन वा प्रसारण गरेको भेटिएमा पुरस्कार निलम्बन गरिनेछ ।
९. प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय, मोबाइल नम्बर, ईमेल र हालसालै खिचिएको फोटो पठाउनुपर्नेछ ।
१०. निबन्ध पठाइसक्नुपर्ने अन्तिम मितिः २०२५ फेब्रुअरी २८ शुक्रबार (२०८१ फागुन १६), रातको १२ बजे ।
११. निबन्ध पठाउन वा सम्पर्कको लागि इमेलः [email protected]साहित्यका थुप्रै पाटाहरु छन् ।
त्यसमध्ये पर्यावरणीय (पर्या) साहित्य पनि एक हो । यसलाई परिवृत्तीय/वातारणीय /परिवेश/इको साहित्यको नामले पनि पुकारिन्छ ।
पर्या साहित्यभित्र पर्या-नारिवाद, परिवृत्तीयता, प्रकृति सौन्दर्य, ग्राम्यता र शहरीकरण, जल/जमिन/वायु प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीशिकारी, वन्यजन्तु/वनस्पति र मानवबिचको अन्तरसम्बन्ध तथा अन्तरद्वन्द्व, पर्यावरणसंग आदिवासीको साइनो, धर्मशास्त्र र पर्यावरणीय चेत (पर्याध्यत्म), विकासले गर्ने वातावरणीय क्षय, पर्या राजनीतिजस्ता विभिन्न विषयवस्तु पर्दछन् ।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा