
लन्डन । ल्होसारको संघारमा बेलायतको रेडिङमा तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन खरिद गरिएको छ ।
३ सयभन्दा बढी क्षमताको ठूलो हल र मिनी साइजको हलसहित खेल मैदान, बगैंचा र बाहिर तथा भित्र कारपार्कलगायत सुविधा रहेको दुई तले भवन किनेको तमु प्ये ल्हु संघले जनाएको छ । सामुदायिक भवन तथा क्होँईबों निर्माण योजनाअन्तर्गत किनेको नयाँ घरको चाबी शुक्रबार बुझेको संघका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी दिनुभयो ।
चाबी बुझ्ने कार्यक्रममा अध्यक्षसहित संस्थापक अध्यक्ष अशोक ल्हेंगे, पूर्वअध्यक्ष जगत प्हच्यु, महासचिव भेग च्हाक्ली तमु, कोषाध्यक्ष याम प्हच्यु, खेगी संयोजक डमर टु क्ल्हेप्री तमु, सुवाससिंह गुरुङ, आमा समूह अध्यक्ष बबिता प्हच्यु तमुलगायतको उपस्थिति रहेको थियो ।
लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाको भवनको चाबी लिन सफल भएकोमा अध्यक्ष क्या (रि) डेमबहादुरले खुसी व्यक्त गर्नुभएको छ । ‘यसबाट मलाई सगुन मिलेको महसुस भएको छ भने सम्पूर्ण सदस्यलगायत शुभचिन्तकको प्रतीक्षाको घडी पनि सकिएको छ । यहाँहरूले दिनुभएको साथ, सहयोग, सद्भाव र सहानुभूतिले यो काम सम्पन्न गराउन बल मिलेको हो । यहाँहरूको सहयोग र दानबिना यो कार्य सम्पन्न हुने थिएन,’ अध्यक्ष क्या रि डेमबहादुरले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
घर पैँचोको लागि पूजा गर्न खेगी (पैंडी) लाई दिन हेराउन लगाएको समेत अध्यक्ष क्या रि डेमबहादुरले जानकारी गराउनुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा