लन्डन । गार्जियन मिडिया समूह (जिएमजी) ले शुक्रबार अनलाइन समाचार कम्पनी टोर्टोइज मिडियालाई विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार द अब्जर्भर बेच्न सहमत भएको घोषणा गरेको छ ।

सम्झौताको विरोध गर्दै दैनिक गार्जियन र अब्जर्भरका पाँच सयभन्दा बढी पत्रकारले यस हप्ता ४८ घन्टाको हडताल गरे पनि जिएमजी र यसको मालिकले यो घोषणा गरेका हुन् ।
“गार्जियन मिडिया समूहको बोर्ड र यसको मालिक स्कट ट्रस्टले द अब्जर्भरलाई टोर्टोइज मिडियालाई बेच्न सैद्धान्तिक रूपमा अनुमोदन गरेका छन्”, एक विज्ञप्तिमा भनिएको छ, “नयाँ स्वामित्व मोडेलले द अब्जर्भरको भविष्य रक्षा गर्नेछ, उदार मूल्यहरूको आवाजलाई समर्थन गर्नेछ र असाधारण पत्रकारितामा लगानी गर्नेछ ।”सन् २०१९ मा स्थापना भएको “स्लो न्यूज“ आउटलेट टोर्टोइजले जिएमजीलाई प्रकाशन किन्न र आगामी पाँच वर्षमा ‘शीर्षकको सम्पादकीय र व्यावसायिक नवीकरण’ मा दुई करोड ५० लाख पाउन्ड (तीन करोड २० लाख डलर) भन्दा बढी लगानी गर्ने प्रस्तावका साथ सम्पर्क गरेको थियो ।
गत महिना युनियनका कर्मचारीहरूले स्कट ट्रस्टलाई बिक्रीमा ‘विश्वासघात’ गरेको आरोप लगाउँदै बिक्रीको विरोधमा ९३ प्रतिशत मतदानमा हड्तालको पक्षमा मत दिएका थिए ।
बिबिसीका पूर्व समाचार निर्देशक जेम्स हार्डिङद्वारा सञ्चालित टोर्टोइजले अब्जर्भरलाई रविबारीय प्रकाशन जारी राख्ने र आफ्नो पोडकास्ट र जीवन्त कार्यक्रमसँग जोड्ने योजना बनाएको छ ।
यो साप्ताहिक सन् १७९१ को हो ।आगामी दिनमा हस्ताक्षर हुने अपेक्षा गरिएको सम्झौतापछि स्कट ट्रस्टले टोर्टोइज मिडियामा लगानी गर्नेछ र यसको सबैभन्दा ठूलो सेयरधनी बन्नेछ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा