लन्डन । गार्जियन मिडिया समूह (जिएमजी) ले शुक्रबार अनलाइन समाचार कम्पनी टोर्टोइज मिडियालाई विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार द अब्जर्भर बेच्न सहमत भएको घोषणा गरेको छ ।

सम्झौताको विरोध गर्दै दैनिक गार्जियन र अब्जर्भरका पाँच सयभन्दा बढी पत्रकारले यस हप्ता ४८ घन्टाको हडताल गरे पनि जिएमजी र यसको मालिकले यो घोषणा गरेका हुन् ।
“गार्जियन मिडिया समूहको बोर्ड र यसको मालिक स्कट ट्रस्टले द अब्जर्भरलाई टोर्टोइज मिडियालाई बेच्न सैद्धान्तिक रूपमा अनुमोदन गरेका छन्”, एक विज्ञप्तिमा भनिएको छ, “नयाँ स्वामित्व मोडेलले द अब्जर्भरको भविष्य रक्षा गर्नेछ, उदार मूल्यहरूको आवाजलाई समर्थन गर्नेछ र असाधारण पत्रकारितामा लगानी गर्नेछ ।”सन् २०१९ मा स्थापना भएको “स्लो न्यूज“ आउटलेट टोर्टोइजले जिएमजीलाई प्रकाशन किन्न र आगामी पाँच वर्षमा ‘शीर्षकको सम्पादकीय र व्यावसायिक नवीकरण’ मा दुई करोड ५० लाख पाउन्ड (तीन करोड २० लाख डलर) भन्दा बढी लगानी गर्ने प्रस्तावका साथ सम्पर्क गरेको थियो ।
गत महिना युनियनका कर्मचारीहरूले स्कट ट्रस्टलाई बिक्रीमा ‘विश्वासघात’ गरेको आरोप लगाउँदै बिक्रीको विरोधमा ९३ प्रतिशत मतदानमा हड्तालको पक्षमा मत दिएका थिए ।
बिबिसीका पूर्व समाचार निर्देशक जेम्स हार्डिङद्वारा सञ्चालित टोर्टोइजले अब्जर्भरलाई रविबारीय प्रकाशन जारी राख्ने र आफ्नो पोडकास्ट र जीवन्त कार्यक्रमसँग जोड्ने योजना बनाएको छ ।
यो साप्ताहिक सन् १७९१ को हो ।आगामी दिनमा हस्ताक्षर हुने अपेक्षा गरिएको सम्झौतापछि स्कट ट्रस्टले टोर्टोइज मिडियामा लगानी गर्नेछ र यसको सबैभन्दा ठूलो सेयरधनी बन्नेछ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण