लण्डन । बेलायतका लगानीकर्ताहरुको परिकल्पना, अवधारणा तथा प्रवद्र्धनमा स्थापित सोलार फार्म प्रालिलाई सौर्य उर्जाबाट ९० मेगावाट विद्युत उत्पादन गर्न अनुमति प्रदान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई रुपन्देहीमा ४० मेगावाट र कपिलवस्तुमा ५० मेगावाट विद्युत उत्पादन गर्न कात्तिक २६ गते अनुमति प्रदान गरेको हो ।
सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङले नेपाल विद्युत प्राधिकरणबाट ९० मेगावाट सौर्य उर्जा उत्पादनका लागि आफूहरुलाई आशयपत्र पनि प्राप्त भइसकेको जानकारी दिनुभयो ।
नेपालभर ८०० मेगावाट सौर्य उर्जा उत्पादनका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो । यसरी प्राप्त भएका आवेदनहरुमध्येबाट छनौट गरी प्राधिकरणले विभिन्न सौर्य उर्जा उत्पादकहरुलाई अनुमति प्रदान गरेको हो ।
सोलार फार्म लिमिटेडले यसअघि नै तनहुँको बेलचौतारामा पाँच मेगावाटको सौर्य उर्जा उत्पादन गरिसकेको छ ।
कम्पनीले छिट्टै नै सर्वसाधारणलाई शेयर पनि बिक्री गर्न लागेको छ ।
प्राधिकरणबाट थप सौर्य उर्जा उत्पादनका लागि अनुमति प्राप्त भएकोमा सोलार फार्म लिमिटेडका लगानीकर्ताहरु उत्साहित भएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले नेपालमा घामबाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने अवधारणा र परिकल्पना आफूहरुले शुरु गरेको र अहिले अझ ठूलो परिमाणमा सौर्य उर्जा उत्पादनका लागि जिम्मेवारी पाउँदा गर्व लागेको बताउनुभयो ।
विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई सन् २०२६ को डिसेम्बरभित्रमा ९० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने समय निर्धारण गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा