
लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिनुभएका छ ।
बिस्टलमा उहाँसँगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिनुभयो । यसअघि उहाँले ब्रिस्टल प्रहरीमा गएर बयान दिनुभएको थियो । उहाँ कसरी हराए र कसरी भेटिए भन्नेबारे प्रहरीले केही बताएको छैन ।
उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उहाँको परिवारले आग्रह गरेको थियो ।
युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई गत १६ नोभेम्बर शनिबार बेलुकीदेखि सम्पर्कविहीन हुनुभएको थियो ।
सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आउनुभएको थियो । १६ नोभेम्बर राती डेरामा नफर्केपछि उहाँसँगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उहाँको परिवार र सोमबार प्रहरीलाई खबर गर्नुभएको थियो ।
गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आउनुभएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो ।
सचिनका पिता शशीकान्त भट्टराईले आफ्नो छोराको खोजी गर्न सहयोग गर्ने र चासो देखाउने ब्रिटिश प्रहरी, नेपाली दूतावास लगायत बेलायतस्थित नेपाली समुदायलाई हार्दिक धन्यवाद दिनुभएको छ ।
लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायतले उहाँको खोजीका लागि ब्रिस्टल प्रहरीसँग समन्वय गर्नुका साथै नेपाली समुदायलाई आग्रह गरेका थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण