
लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिनुभएका छ ।
बिस्टलमा उहाँसँगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिनुभयो । यसअघि उहाँले ब्रिस्टल प्रहरीमा गएर बयान दिनुभएको थियो । उहाँ कसरी हराए र कसरी भेटिए भन्नेबारे प्रहरीले केही बताएको छैन ।
उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उहाँको परिवारले आग्रह गरेको थियो ।
युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई गत १६ नोभेम्बर शनिबार बेलुकीदेखि सम्पर्कविहीन हुनुभएको थियो ।
सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आउनुभएको थियो । १६ नोभेम्बर राती डेरामा नफर्केपछि उहाँसँगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उहाँको परिवार र सोमबार प्रहरीलाई खबर गर्नुभएको थियो ।
गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आउनुभएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो ।
सचिनका पिता शशीकान्त भट्टराईले आफ्नो छोराको खोजी गर्न सहयोग गर्ने र चासो देखाउने ब्रिटिश प्रहरी, नेपाली दूतावास लगायत बेलायतस्थित नेपाली समुदायलाई हार्दिक धन्यवाद दिनुभएको छ ।
लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायतले उहाँको खोजीका लागि ब्रिस्टल प्रहरीसँग समन्वय गर्नुका साथै नेपाली समुदायलाई आग्रह गरेका थिए ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा