
तुल्सीराज राना मगर
केन्ट । मगर संघ यूके केन्ट शाखामा नयाँ कार्यसमिति चयन भएको छ । २३ नोभेम्बर २०२४ शनिबार फोक्सटोन नेपाली कम्युनिटी सेन्टरमा भएको शाखाको नवौं अधिवेशनले रिटायर्ड मेजर प्रेमबहादुर आले एमभिओको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा रिमबहादुर काउचा, सचिव बिनम राना, सहसचिव भिम पुन, कोषाध्यक्ष दिपक बुढामगर र सहकोषाध्यक्षमा जसबहादुर थापा चयन हुनुभएको छ ।
सांस्कृतिक सचिव मोहन थापा, सहसांस्कृतिक सचिव अस्मिता पुन र मिडिया, पेयपदार्थ, खानपान, सम्पत्ति, खेलकुद, कर्मकाण्डलगायत विभिन्न विधाका सचिवहरु भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

केन्टभित्र पर्ने विभिन्न स्थानहरु मेडिस्टोन, चाथाम मिडवे, फोक्स्टोन, केन्टुबरी, आश्फोर्ड, डोभर, इभिक्टा ब्यारेक र टु आर जीआरका प्रतिनिधीहरु पनि चयन गरिएको छ ।
अध्यक्ष रिटायर्ड क्याप्टेन नानीबाबु मगरको अध्यक्षतामा बसेको खुलासत्र कार्यक्रमलाई सचिव धनबहादुर बुढाले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रिम काउचाले प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष रिटाएर्ड क्याप्टेन नानीबाबु मगरले मगर संघ यूके केन्ट शाखाको कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन साथै कार्यप्रतिवेदनलाई हलबाट सर्वसम्मत पारित गरिएको थियो ।

प्रतिवेदनहरु पारित गरिएलगत्तै ८ औं कार्यसमितिका अध्यक्ष रिटायर्ड क्याप्टेन नानीबाबु मगरले आफू नेतृत्वको कार्यसमिति विघटन भएको घोषणा गर्नुभएको थियो । त्यसपछि निर्वाचन आयुक्त दिपककुमार काउचालाई स्टेज जिम्मा दिइएको थियो । निर्वाचनमण्डलका सचिव लालबहादुर पुन र सदस्य डाक्टर बल थापाले निर्वाचन सम्पन्न गराउनुका साथै नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।
अधिवेशनमा पर्यवेक्षकको रुपमा मगर संघ यूके केन्द्रका अध्यक्ष सिता पुन र सहसचिव सरला रोका मगरको उपस्थिति रहेको थियो भने संरक्षक घन थापा, संस्थापक अध्यक्ष मेजर चित्र राना, पूर्वअध्यक्षहरु टंक आले, उत्तरबहादुर मगर, विजय हितान, क्याप्टेन रामबहादुर पुनलगायत व्यवसायी, समाजसेवी, बुद्धिजीवी र मगर संघ यूके केन्ट शाखाका सदस्यहरु तथा परिवारहरुको बाक्लो उपस्थित रहेको थियो ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती