
लन्डन । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन भएको छ ।
प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको “शान्तिपूर्वक“ मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पार्नु भएको छ ।
प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोड्नु भएको थियो ।
बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट “श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताउनु भएको छ ।
अमेरिकाका पूर्वउपराष्ट्रपतिलगायतले उहाँ प्रति श्रद्धाञ्जलि अर्पण गर्दै “जलवायु सङ्कट समाधान गर्ने उहाँको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताउनु भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा