
लन्डन । तमुधीं यूकेले आगामी २८ डिसेम्बर २०२४ मा रजत महोत्सव मनाउने भएको छ ।
संस्था स्थापनाको २५ औं वसन्त पूरा भएको ऐतिहासिक अवसरमा शनिबार २८ डिसेम्बरमा ह्यारो लेजर सेन्टर लन्डनमा विविध रोचक तथा मनोरन्जनात्मक कार्यक्रमसहित रजत महोत्सव आयोजना गरिने तमु धीं यूकेका उपाध्यक्ष परशु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम तयारीका लागि तमु धीं यूकेका अध्यक्ष हरि गुरूङको निर्देशनमा संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङको संयोजनमा १ सय २५ जना रहेको सल्लाह तथा सुझाव समिति तथा उपाध्यक्ष कमल गुरूङको संयोजकत्वमा ल्होछार कार्यक्रम तयारी समिति गठन गरिएको छ ।
बेलायतका विभिन्न क्षेत्रमा बस्नुहुने सम्पूर्ण तमु महानुभावहरु, विशेषगरी तमुधीं यूकेका आजीवन सदस्य तथा उहाँहरु सपरिवारका साथ उपस्थित भइदिनुहुन आयोजकले अनुरोध गरेको छ । सहभागी हुनेहरुका लागि यात्रामा सहज होस् भन्ने हेतुले विभिन्न क्षेत्रबाट यातायातको पनि व्यवस्था गरिएको छ ।
गत शनिबार मिचेटस्थित आफ्नै भवनमा तमु धीं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा बसेको बैठकमा ल्होछार संयोजक तथा उपाध्यक्ष कमल गुरुङले ल्होछार र रजत उत्सवको तयारीका क्रममा भइरहेका प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो । रजत महोत्सव सम्बन्धमा बनाइएको विभिन्न १४ समितिका संयोजकहरूले आ-आफ्नो धारणा राख्नुभएको बैठक सञ्चालक समेत रहनुभएका महासचिव डा. विशाल गुरुङले जानकारी गराउनुभएको छ ।
रजत महोत्स्वमा नेपालबाट कलाकारहरु आउँदैछन् । संस्थाले छनोट गरेकोमध्ये कलाकार तृष्णा गुरुङको ब्यान्डले भिसा पाइसकेको पनि जानकारी प्राप्त भएको छ । सोही बैठकमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले आजीवन सदस्य रात्रिभोजको आय-व्यय सहितको समीक्षा विवरण पावर प्वाइन्टमा प्रस्तुत गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा