लन्डन । रेडिङ तमु समाज यूकेको अध्यक्षमा देवबहादुर गुरुङ र आमा समूह अध्यक्षमा आशा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार १६ नोभेम्बर २०२४ मा रेडिङको पाकिस्तान कम्युनिटी सेन्टरमा भएको समाजको वार्षिक साधारणसभा तथा महाधिवेशनले देवबहादुरको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा हिरा गुरुङ र विमला गुरुङ तथा महासचिव याम गुरुङ, सचिवमा राजकुमार गुरुङ, कोषाध्यक्षमा हस्त गुरुङ, सहकोषाध्यक्षमा राम गुरुङ र कल्चरल आईसीमा जुमप्रसाद गुरुङ निर्वाचित भएका छन् । अन्य पदाधिकारी तथा सदस्य गरी ३० जनाको कार्यसमिति बनेको निर्वाचन मण्डलले जनाएको छ
रेडिङ तमु आमा समूहको अध्यक्षमा आशा गुरुङ चयन हुनुभयो । आमा समूहको उपाध्यक्षमा हरिमाया गुरुङ, उसा गुरुङ र मिना गुरुङ तथा महासचिव आशा गुरुङ २, सचिवमा शान्तु गुरुङ, कोषाध्यक्षमा साम्तेन गुरुङ र सहकोषाध्यक्षमा शान्ति गुरुङ रहनुभएको छ ।
नयाँ कार्यसमिति चयनका लागि लेफ्टिनेन्ट ढकबहादुर गुरुङको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।
रेडिङ तमु समाजका ज्येष्ठ सदस्य गोपाल गुरुङ, अध्यक्ष रुद्रराज गुरुङ र आमा समूह अध्यक्ष विमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।
पहिलो चरणमा भएकोवार्षिक साधारणसभामा महासचिव याम गुरुङले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण, कोषाध्यक्ष हस्त गुरुङले आय-व्यय विवरण र समाजको आर्थिक प्रतिवेदन प्रस्तुत साथै नयाँ आजीवन सदस्यलाई अध्यक्ष रुद्रराजले आजीवन सदस्य ब्याज प्रदान गर्नुभयो ।
यसैगरी, साधारणसभामा संस्थाको आर्थिक गतिविधि र आगामी २१ डिसेम्बरमा हुने रेडिङ तमु समाजको ल्होछारको विषयमा बृहत् छलफल गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा