काठमाडौँ । जनजाति नेता तथा पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीमगरको स्वास्थ्योपचारमा आर्थिक संकट आइपरेको छ ।
उनका परिवारका सदस्यका अनुसार आर्थिक अभावका कारण अहिले दैनिक सरसफाइ र सुई दिनका लागि नर्स राख्नुको साटो परिवारकै सदस्यले काम चलाउनु परेको छ ।
“दैनिक थेरापी गराउन आउनेलाई दिनुपर्ने दैनिक १ हजार रुपियाँ दिन नसकेको पनि दुई महिना भयो” खपाङ्गीकी श्रीमती विद्या खपाङ्गीले भनिन् ।
अहिले खपाङ्गीको उपचारका लागि दैनिक २ हजार रुपियाँ चाहिने परिवारका सदस्यले जानकारी दिए । पहिलेभन्दा स्वास्थ्य सुधार हुँदै गएकाले औषधि घटाएर दुईवटा औषधि मात्र खुवाउने गरिएको छ ।
२०७० वैशाख १२ गते काठमाडौँमा मोटरसाइकलको ठक्करबाट अर्धचेत अवस्थामा पुगेका खपाङ्गी अहिले पनि अर्धमृत अवस्थामा सैय्यामै लडिरहेका छन् । उनी आफन्त र परिवारजनलाई चिन्न सक्ने भएका छन् । “नातिनीले काइायो दिएर ‘केश कोर्नुस् त हजुरबा’ भन्दा आफ्नै हातले केश कोर्न प्रयास गर्नुहुन्छ । तर आफूले केश कोर्न नसक्दा र इन्जेेक्सनको पीडा सहन नसक्दा आँखाबाट तर्तरी आँशु झारेर रुनु हुन्छ” श्रीमती खपाङ्गीले भनिन् ।
खपाङ्गीको उपचारका लागि देशविदेशका मगर र जनजातिहरुले व्यक्तिगत र सांगठानिक रुपमा सहयोग गरेका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनलाई सिंगापुर लगेर उपचार पनि गरिएको थियो ।
घरपरिवार नभनी सामाजिक कार्यमा आजिवन खटेका खपाङ्गीको उपचारका लागि हात जोर्नुपर्दा श्रीमती खपाङ्गीलाई पीडा र आक्रोश पनि उठ्छ । “मेरो श्रीमान्ले जति गर्नु देश र समुदायलाई गरेकै हो तर अहिले मृत्यु सैय्यामा जुधिरहँदा पनि सरकार मौन छ । सबैले बलेकै आगो मात्र ताप्दा रहेछन् । मैले अरुबाट धेरै आशा गरेको पनि होइन, एक कल फोन मात्र गरेर उहाको स्वास्थ्य स्थिति बुझने कोसिस न त आफ्नै समाजका ब्यक्तिले गर्छन् न त सरकारी व्यक्तिले नै” उनले आक्रोश पोखिन् ।
उनका अनुसार सरकारले त खपाङ्गीको बारेमा कहिल्यै चासो देखाएको थिएन तर पछिल्ला दिनमा मगर र जनजाति समुदायले पनि वास्ता गर्न छाडेका छन् ।
खपाङ्गीकाे उपचारका लागि उनकी छोरीज्वाइँले घर धितो राखेर कर्जा लिएका छन् । तर समयमा कर्जा चुक्ता गर्न नसक्दा घर नै लिलाममा परिसकेको बताइन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो