
लन्डन । जी-१० का सदस्यहरुले नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीलाई भेटेका छन् ।
६ नोभेम्बर २०२४ मा लन्डनस्थित दूतावास पुगेर जी १० का सदस्यहरुले भेटेका हुन् । उक्त अवसरमा परिचयात्मक कार्यक्रमका साथै गोर्खा वार्ताको सम्बन्धमा विशेष कुराकानी भएको भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरेर ३५ बुँदाबारे नेपाल सरकारले मान्यता दिएकोले त्यसअनुसार आफूहरु अघि बढ्न पर्छ भन्ने कुरामा उपनियोग प्रमुख दुवाडीले अध्ययन गरेर सल्लाह गर्दै जाने बताएका छन् ।
उपनियोग प्रमुख दुवाडीले आफ्नो काम अरु धेरै भए पनि प्रमुख काम गोर्खाहरुको समस्या हल गराउनुमै भूमिका रहने बताएको सभापति राईले जानकारी गराउनुभयो ।
यस्तै दुवाडीले जी-१० को बैठक समेत आह्वान गर्ने बताउनुभएको छ । ‘म गोर्खामा जन्मेको हुँदा मैले गोर्खाहरुको समस्याबारे बुझेको छु र आउने दिनमा जी-१० का बैठक राख्ने छु । सबैको उद्देश्य एउटै भएकोले आउने बैठकमा सबै आउँछन् भन्ने आशा गरेको छु,’ दुवाडीलाई उद्धृत गर्दै सभापति राईले भन्नुभयो ।
दुवाडीसँगको भेटका लागि नेपाल सरकारले गोर्खाहरुको तर्फबाट नियुक्ति गरेको वार्ता प्रतिनिधि धर्मबहादुर तामाड, बीजीडब्लूएसका अध्यक्ष मे. टिकेन्द्र दल देवान जेपी, गेसो सभापति कृष्णकुमार राई, अनशनकर्ताहरु धनबहादुर गरुङ, पुष्प राणा घले लन्डन दूतावास पुग्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा