
लन्डन । असिनासहितको मुसलधारे वर्षाका कारण दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ सय नाघेको छ । कैयौं बेपत्ता भएका छन् ।
मंगलबारको भीषण वर्षापछिको बाढीबाट ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने स्थानीय अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत मंगलबार भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको थियो । बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन् । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो छन् ।
केही भिडियोमा बगिरहेका मानिसलाई रूखले जोगाएको देखिन्छ । भारी वर्षा र असिनाले देशका अधिकांश भूभाग प्रभावित भएको छ । उडानका साथै यातायात सेवा अवरुद्ध छ । स्थानीय सञ्चारमाध्यमले बेलेरिक टापुमा पनि व्यापक क्षति र मानिस हताहत भएको उल्लेख गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा