
लन्डन । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा न्यौपाने निर्वाचित हुनुभएको छ ।
वेष्ट ब्रमिचमा बिहीबार भएको संस्थाको सातौं अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको स्थापनाकालदेखि नै सक्रिय नवनिर्वाचित अध्यक्ष न्यौपाने अघिल्लो कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
कार्यसमितिमा उपाध्यक्ष पदम शाही र निशान्तमान बज्राचार्य, महासचिव राजेशमणि लामिछाने, सचिव लेखनाथ घिमिरे, कोषाध्यक्ष काशीराम वन र सहकोषाध्यक्ष सुशिला दवाडी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा बमबहादुर नेपाली, जीवलाल न्यौपाने, राजन बस्याल, शिलाल पौड्याल, हिमाल श्रेष्ठ, लक्ष्मण ढकाल, डोलराज पराजुली, पृथ्वीनारायण अर्याल, गीता लम्साल शिम्खडा, मोहन पान्डे, तेजबहादुर भण्डारी, रेवती गौतम र प्रल्हाद कँडेल निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक गोविन्द खरेलले जानकारी गराउनुभएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ ।
त्यसअघि निवर्तमान समिति अध्यक्ष प्रविण खरालको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा संस्थाका आर्थिक तथा प्रगति प्रतिवेदनहरुमाथि छलफल गरी पारित गरिएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा