
लन्डन । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा न्यौपाने निर्वाचित हुनुभएको छ ।
वेष्ट ब्रमिचमा बिहीबार भएको संस्थाको सातौं अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको स्थापनाकालदेखि नै सक्रिय नवनिर्वाचित अध्यक्ष न्यौपाने अघिल्लो कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
कार्यसमितिमा उपाध्यक्ष पदम शाही र निशान्तमान बज्राचार्य, महासचिव राजेशमणि लामिछाने, सचिव लेखनाथ घिमिरे, कोषाध्यक्ष काशीराम वन र सहकोषाध्यक्ष सुशिला दवाडी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा बमबहादुर नेपाली, जीवलाल न्यौपाने, राजन बस्याल, शिलाल पौड्याल, हिमाल श्रेष्ठ, लक्ष्मण ढकाल, डोलराज पराजुली, पृथ्वीनारायण अर्याल, गीता लम्साल शिम्खडा, मोहन पान्डे, तेजबहादुर भण्डारी, रेवती गौतम र प्रल्हाद कँडेल निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक गोविन्द खरेलले जानकारी गराउनुभएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ ।
त्यसअघि निवर्तमान समिति अध्यक्ष प्रविण खरालको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा संस्थाका आर्थिक तथा प्रगति प्रतिवेदनहरुमाथि छलफल गरी पारित गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा