
लन्डन । तमु धीं यूकेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभियानमा दुई लाखभन्दा बढी सहयोग गरेको छ ।
सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानले २० अक्टोबर २०२४ मा अल्डरसटमा आयोजना गरेको कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गर्नुभएको हो । सहयोग रकमको चेक धरानका मेयर हर्क साम्पाङले ग्रहण गर्नुभयो ।
सहयोग हस्तान्तरणका क्रममा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु कमल गुरुङ, ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, सुवाससिङ गुरुङ, नन्दजंग गुरूङ, ट्रस्टी सूर्य गुरुङ, वर्तमान वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरूङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरूङ लगायत उपस्थित हुनुहुन्थ्यो । मेयर साम्पाङले धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाका लागि आर्थिक सहयोग संकलन जारी राख्नुभएको छ ।
मेयर साम्पाङले मिचेटस्थित तमु धीं यूकेको भवन समेत अवलोकन गर्नुभयो । धरान समाज युकेको निमन्त्रणामा यूके आउनुभएका मेयर साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा