
आस्फोर्ड, केन्ट । सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड, केन्टले धरानका मेयर हर्क साम्पाङ राईसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आइतबार २१ अक्टुबर २०२४ मा समाजका अध्यक्ष डम्मर सिंगक लिम्बुको अध्यक्षता र मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उपसचिव देउमान लावतीले संचालन गर्नुभएको कार्यक्रमको संयोजन समितिका उपाध्यक्ष चिरन राईले गर्नुभएको थियो ।
मेयर साम्पाङ सुम्निमा पारुहाङको प्रतिमा निर्माण अभियानका लागि बेलायत आउनुभएको बेला उहाँको उपस्थितिमा आर्थिक संकलन कार्य तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । धरान समाज युकेका उपाध्यक्ष भास्कर राई तथा महासचिव डा. महा राईसँगको समन्वयमा भएको कार्यक्रममा धरान समाज युकेले मेयर हर्क साम्पाङले विगतदेखि हालसम्म गरेका विशेष कार्यहरुलाई समेटेर तयार पारिएको वृत्तचित्रको प्रदर्शनी साथै मेयर साम्पाङ राईले सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानको आवश्यक र यसबाट नेपाली जनताहरुलाई हुने प्रत्यक्ष फाइदाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रमममा समाजका अध्यक्ष डम्मर सिंगकले मन्तव्यको क्रममा सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानको लागि आर्थिक संकलन गर्न, गराउनका लागि आफू र समाजले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

१९ अक्टुबर फोक्सटनमा र २० अक्टुबरको दिन अल्डरसटमा प्रतिबद्धता वा नगद हस्तान्तरण नभ्याउने साथै २१ अक्टुबर कार्यक्रममा हुनुभएका महानुभावहरुले जम्मा ४७० पाउण्ड नगद र रु ५ लाख २२ हजार १३१ प्रतिबद्धता आएको उहाँले जानकारी गराउनुभयो ।
औपचारिक तथा अन्तरक्रिया कार्यक्रमको समापनपश्चात् आसफोर्ड बरो काउन्सिलका मेयर काउन्सिल्लर लिन सुद्दार्द सहितको रात्रिभोजमा दुवै पक्षका मेयर धरानका मेयर हर्क साम्पाङ राई तथा आसफोर्ड बरो काउन्सिलका मेयर काउन्सिल्लर लिन सुद्दार्दले एक आपसमा भलाकुसारी साथै आआफ्ना अनुभव साटासाट गर्नुभएको थियो । कार्यक्रम रातको साढे १० बजे समापन भएको थियो।
चक्र साम्पाङ राईबाट
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?