
भूमिराज राई
मेडवे केन्ट, युके । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दुई साताको भ्रमणका लागि परिवारसहित बेलायत आइपुग्नुभएको छ ।
धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाको आर्थिक सहयोग संकलनलगायत कार्यक्रमका लागि मेयर साम्पाङ १७ अक्टोबर २०२४ मध्यराति लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिनुभएको हो । उहाँको स्वागतका लागि धरान समाज युके, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युके, किरात राई यायोक्खा युके, एनआरएनए युके, गोर्खा नेपाली समाज मेडवे, किरात बान्तावा खिम युके, किरात साम्पाङ राई जुम्लेखा युके लगायतका संघ संस्था आबद्ध प्रमुख तथा प्रतिनिधि, पत्रकार र समाजसेवीहरू हिथ्रो विमानस्थल पुगेका थिए ।
धरान समाज युकेका अध्यक्ष रमेश लिम्बु, कार्यक्रम संयोजक उपाध्यक्ष भास्कर राईसहित सम्पूर्ण कार्यसमिति, किरात राई यायोक्खा युकेका डा. महा राई, किरात साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिव राई, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युकेबाट भगवान चाम्लिङ, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङलगायतले मेयर साम्पाङलाई खादा र माला अनि पुष्पगुच्छा दिएर स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकारी गर्नुहुँदै मेयर साम्पाङले आफूलाई स्वागत गर्नुहुनेसबैलाई धन्यवाद र आभार प्रकट गर्नुभयो । त्यसक्रममा धरानको सम्पूर्ण परियोजनाहरुमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत उहाँले दिनुभयो।
श्रीमती र छोरासहित युके आउनुभएका मेयर साम्पाङ भ्रमणको क्रममा विभिन्न सहरका मेयरहरूसँग भेटघाट, संसद् भवनको भ्रमण, अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता र नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनु हुनेछ ।
मेयर साम्पाङ नोभेम्बर २ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ ।


एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा