
भूमिराज राई
मेडवे केन्ट, युके । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दुई साताको भ्रमणका लागि परिवारसहित बेलायत आइपुग्नुभएको छ ।
धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाको आर्थिक सहयोग संकलनलगायत कार्यक्रमका लागि मेयर साम्पाङ १७ अक्टोबर २०२४ मध्यराति लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिनुभएको हो । उहाँको स्वागतका लागि धरान समाज युके, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युके, किरात राई यायोक्खा युके, एनआरएनए युके, गोर्खा नेपाली समाज मेडवे, किरात बान्तावा खिम युके, किरात साम्पाङ राई जुम्लेखा युके लगायतका संघ संस्था आबद्ध प्रमुख तथा प्रतिनिधि, पत्रकार र समाजसेवीहरू हिथ्रो विमानस्थल पुगेका थिए ।
धरान समाज युकेका अध्यक्ष रमेश लिम्बु, कार्यक्रम संयोजक उपाध्यक्ष भास्कर राईसहित सम्पूर्ण कार्यसमिति, किरात राई यायोक्खा युकेका डा. महा राई, किरात साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिव राई, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युकेबाट भगवान चाम्लिङ, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङलगायतले मेयर साम्पाङलाई खादा र माला अनि पुष्पगुच्छा दिएर स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकारी गर्नुहुँदै मेयर साम्पाङले आफूलाई स्वागत गर्नुहुनेसबैलाई धन्यवाद र आभार प्रकट गर्नुभयो । त्यसक्रममा धरानको सम्पूर्ण परियोजनाहरुमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत उहाँले दिनुभयो।
श्रीमती र छोरासहित युके आउनुभएका मेयर साम्पाङ भ्रमणको क्रममा विभिन्न सहरका मेयरहरूसँग भेटघाट, संसद् भवनको भ्रमण, अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता र नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनु हुनेछ ।
मेयर साम्पाङ नोभेम्बर २ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ ।


नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा