
लन्डन । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको आगामी प्रमुख बन्नका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धा उत्रिएका छन् ।
अक्सफोर्डले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर हाल जेलमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा पर्नुभएको छैन । उहाँको पार्टीले खानका लागि आवेदन दिएको बताएको थियो ।
उम्मेदवारहरूले हङकङका पूर्वगभर्नर क्रिस प्याटनको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका छन् । प्याटन २१ वर्षपछि जुनमा बिदा हुनुभएको थियो । यो औपचारिक पद सन् १२२४ देखि लगातार पूर्ति हुँदै आएको छ ।
प्याटनको स्थान लिन उच्च–प्रोफाइल नामहरूमा कन्जर्भेटिभ पार्टीका पूर्वनेता एवं विदेश सचिव विलियम हेग, लेबर पार्टीका पूर्व युरोपेली सङ्घ व्यापार आयुक्त पिटर म्यान्डेलसन र पूर्वमहान्यायाधिवक्ता डोमिनिक ग्रिभ समावेश हुनुहुन्छ ।
आठ सय वर्षमा पहिलो पटक यो पद धारण गर्ने महिला बन्ने आशा गर्दै स्कटिश वपकल एलिश एन्जियोलिनीले गर्नुभएको छ । उहाँले सन् २०२१ मा लन्डनका एक प्रहरी अधिकारीद्वारा ३३ वर्षीया मार्केटिङ कार्यकारी सारा एभरार्डको बलात्कार, अपहरण र हत्याको उच्च–प्रोफाइल जाँच नेतृत्व गर्नुभएको थियो ।
एन्जियोलिनी हाल सेन्ट ह्युज कलेज, अक्सफोर्डकी प्रिन्सिपल हुनुहुन्छ । यहाँका पूर्वविद्यार्थीहरूमा बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मे र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु की रहनुभएको छ । अर्का अक्सफोर्ड प्रिन्सिपल सोमरभिल कलेजकी जान रोयल पनि दौडमा हुनुहुन्छ । उहाँ पूर्वलेबर नेता नील किनकका पूर्वसल्लाहकार र हाउस अफ लर्ड्सकी नेत्री हुनुहुन्थ्यो ।
अगस्टमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका लन्डनस्थित प्रवक्ताले पूर्वप्रधानमन्त्रीले आफ्नो आवेदन पेश गर्न चाहने निर्देशन दिएको बताएका थिए ।
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहनुभएका खानले भ्रष्टाचारदेखि हिंसा भड्काउनेसम्मका विभिन्न आरोपमा एक वर्षभन्दा बढी जेलमा बिताउनुभएको छ । यसलाई उहाँले राजनीतिक प्रेरित र उहाँलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताउनुभएको छ । उहाँले सन् १९७५ मा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेर अक्सफोर्डबाट स्नातक गर्नुभएको थियो । त्यसपछि राजनीतिमा प्रवेश गर्नुअघि उत्कृष्ट करियरमा पाकिस्तानको क्रिकेट टोलीको कप्तानी गर्नुभएको थियो ।
विश्वविद्यालयले आवेदनहरूलाई बेलायती कर प्राधिकरणद्वारा ‘उपयुक्त र उचित व्यक्ति’ नठानिएका आवेदकहरूलाई अयोग्य ठहर्याउने आफ्नो ‘चार बहिष्करण मापदण्ड’ मा विचार गरिएको बताएको छ ।
दुई चरणको मतदानपछि, नयाँ चान्सलरको घोषणा नोभेम्बर २५ को सातामा गरिनेछ । चान्सलर विश्वविद्यालयको नाममात्रको प्रमुख हो र उसले केही प्रमुख समारोहको अध्यक्षता गर्छ । उसले वकालत, सल्लाहकार र कोष सङ्कलन कार्य पनि गर्छ ।
एजेन्सीको सहयोगमा
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा