लन्डन । नेपालीहरुका प्रमुख चाड, दशैं तथा तिहारको अवसरमा बर्न्टओक नेपाली समाज यूकेले एक समारोह आयोजना गरेको छ ।

गत शनिबार एजवेयरस्थित टेरिटोरियल आर्मी सेन्टरमा आयोजित समारोह लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउ, सांसद डेभिड पिन्टो डसचिन्स्की, समाजका अध्यक्ष खमिरजंग गुरुङ तथा आमा समूहकी अध्यक्ष मन्जु गुरुङले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको शुरुमा नेपालमा हालै आएको बाढी तथा पहिरोमा परी निधन भएका नेपालीहरुको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनट मौनधारण गरिएको थियो ।
समारोहलाई सम्बोधनका क्रममा लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउले आफ्नो जन्मभूमिभन्दा हजारौं माइल टाढा भएर पनि आफ्नो संस्कृति र रीतिरिवाज कायम राखेको भन्दै बर्न्टओक नेपाली समाजलाई बधाई दिनुभयो । उहाँले बार्नेटको नेपाली समुदाय बार्नेटको एउटा अभिन्न अंगको रुपमा रहेको भन्दै नेपाली समुदायबाट निर्वाचित दुई जना काउन्सिलरहरुले काउन्सिलको निर्णय प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो । उहाँले दशैंको अवसरमा सबैलाई शुभकामना पनि दिनुभयो । उहाँले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ १०० किमि लामो पदयात्रा गरेका वरदान गुरुङ, मिलन गुरुङ, पुजिन गुरुङ तथा अशिम गुरुङलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
हेन्डनबाट निर्वाचित सांसद डेभिड पिन्टो डसचिन्स्कीले सबै सहभागीहरुलाई सुरुमा नेपाली भाषामा अभिवादन गर्नुभयो । उहाँले गोर्खा सैनिकहरुको सेवा, प्रतिबद्धता, साहस र वफादारीको प्रशंसा गर्नुभयो । उहाँले नेपाली समुदायलगायत स्थानीय जनताको सेवामा आफू जति बेला पनि उपलब्ध हुने बताउनुभयो । “तपाईंहरुको साम्सदको रुपमा मैले जहिले पनि तपाईंहरुको चासो र चिन्तालाई प्रतिनिधित्व गर्नेछु,” उहाँले भन्नुभयो ।
पाहुनाहरु तथा सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै समाजका अध्यक्ष खमिरजंग गुरुङले प्रवासमा बसे पनि दशैंले सबै नेपालीहरुलाई आफ्नो संस्कार, संस्कृति, मूल्यमान्यताको अभ्यास र आफूभन्दा ठूलालाई सम्मान गर्न सिकाइरहेको बताउनुभो । उहाँले समाजले आफ्ना सदस्यहरुबीच एकता र सहयोग अभिवृद्धि गर्नुका साथै ब्रिटिश समाजमा नेपाली समुदायको एकीकरणका लागि पनि काम गरिरहेको बताउनुभयो ।
उहाँले बेलायतमा जन्मिएका र हुर्कीरहेका नेपाली बालबालिका तथा युवालाई नेपाली भाषा तथा संस्कृति सिक्न र बहुसांस्कृतिक ब्रिटिश समाजमा योगदान पुर्याउन आग्रह पनि गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउन खट्ने समाजका सबै सदस्य, पदाधिकारी तथा आमा समूहलाई धन्यवाद पनि दिनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रद्वारा संचालित नेपाली भाषा कक्षाका विद्यार्थीहरुले नेपाल तथा ब्रिटेनको राष्ट्रिय गान प्रस्तुत गरे ।
कार्यक्रममा अनमोल गुरुङ्ग, दीपंकर मानन्धर, रायन मानन्धर, मोनिमा खड्का, कवि खनाल, शयश श्रेष्ठ, ममता श्रेष्ठ, प्रज्ञा मानन्धर, ओजल महर्जन, कृतिका कार्की, रबिता गुनी, परमिता मानन्धर, क्षेतेज गुरुङ, तपस्या गौतम, देव जोशी, आरियाना महर्जन, उस्नव थापा, अमरिना महर्जन, दिया पनेरु, फ्रेडी गुरुङ, केवल गुरुङ लगायतका कलाकारले रोचक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै केरजंग गुरुङ, सन्तोष गुरुङ, प्राण गुरुङ, आभार गुरुङ, जयन गुरुङ लगायतका कलाकारले वाद्य वादन प्रस्तुति दिनुभयो भने उमेश खड्काले लोकप्रिय गीतहरु सुनाउनुभयो ।
कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरु कला लम्साल तथा रबिन लामिछानेले चर्चित गीतहरु गाउँदै सहभागीहरुलाई नचाउनुभएको थयो ।
कार्यक्रममा मेयरेस क्यारोलाइन भुरोउ, काउन्सिलर तथा पूर्व डेपुटी मेयर लक्ष गुरुङ, काउन्सिलर कमल गुरुङ लगायतको उपस्थिति थियो ।
कार्यक्रमको पहिलो चरणको संचालन समाजका पूर्वउपाध्यक्ष भोला पनेरुले गर्नुभएको थियो भने दोश्रो चरणको सांस्कृतिक कार्यक्रमको संचालन प्रतिष्ठा कार्कीले गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा