
चक्र साम्पाङ्ग राई
आश्फोर्ड, केन्ट । बेलायतमा सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्टले विभिन्न कार्यक्रमसहित दशैँ/तिहार मनाएको छ ।
शनिबार ५ अक्टुबर २०२४ शनिबार सेन्ट साइमन हलमा वि.सं. २०८१ सालको दशैँ/तिहार संयुक्त कार्यक्रम आयोजना गरिएको हो । प्रमुख अतिथि स्थानीय मेयर काउन्सिलर लिन सडेर्डस, विशेष अतिथिमा वहालवाला सांसद सोजन जोसेफ र समाजका अध्यक्ष डम्मर लिम्बुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक पार्टीका प्रमुख वा प्रतिनिधि, नेपाल समाजका प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि र विशेष अतिथिले सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्ड केन्टले स्थानीय तहमा धेरै राम्रा-राम्रा च्यारिटेबल तथा सामाजिक कामहरु गरेको र आश्फोर्ड बरो काउन्सिललाई ठुलो सहयोग पुर्याएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । उहाँहरुले नेपाली भएर आफ्नो देश नेपालको सम्मान र सम्झनामा हरेक वर्ष नेपाली राष्ट्रिय चाड मानेकोमा खुसि व्यक्त गर्दै यो नेपालीपनको कार्यक्रममा उपस्थित हुन पाएकोमा नेपाली समाजलाई धन्यवाद दिनुभएको थियो ।
अध्यक्ष डम्मर लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव रामप्रसाद लिम्बुले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष मोहन लिम्बुले स्वागत मन्तब्य र उपाध्यक्ष तथा कार्यक्रम संयोजक बसुन्धरा नयोंग राईले कार्यक्रम सफल गराउन अहोरात्र खटिनुहुने समितिका सदस्य तथा सहयोगी र उपस्थित सम्पूर्णलाई धन्यवाद दिनभएको थियो ।
कार्यक्रममा राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, लगायतका थुप्रै जातिहरुले आफ्नो मौलिक तथा सांस्कृतिक गीत, नृत्यसहित विभिन्न नेपाली लोकगीत, नृत्य प्रस्तुत गरिएको थियो । नेपाली गोर्खालीहरुको खुकुरी नृत्य प्रमुख आकर्षक रह्यो ।
आश्फोर्डमा करिब १७ थरिका मानिसहरुको बसोबास रहेको छ र उनीहरुको आ-आफ्नै भाषा, धर्म, संस्कार, संस्कृति छन् तथापि समाजले हरेक वर्ष यसरी नै नेपाली दशैँ/तिहार संयुक्त कार्यक्रम गरी मनाउने गरेको छ । गत वर्षभन्दा यस पटक स्थानीयहरुको बाक्लो उपस्थितिले कार्यक्रम हल खचाखच भएको आयोजकले बताएको छ ।
कार्यक्रममा सहभागी कलाकारहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
समाजका उपाध्यक्ष दुर्गा पाङ्गमा लिम्बुको संयोजकत्वमा शुक्रबार १ नोभेम्बरमा पुन: सेन्ट साइमन हलमा देउसी/भैलो कार्यक्रम आयोजना गरेको जानकारीसमेत दिइएको छ ।
अपराह्न ४:४५ बजेबाट सुरु भएको कार्यक्रम राति ११:०० बजे समापन गरिएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा