
लन्डन । ग्रीनवीच गोर्खा एक्स सर्भिस्मेन एसोसिएसन (जिगेसा) ले बेलायतमा आयोजना गरेको दशैं-तिहार शुभकामना पार्टी सम्पन्न भएको छ ।
२९ सेप्टेम्बर २०२४ मा विभिन्न सांगीतिक कार्यक्रमसहित जिगेसाले दशैं तिहार पार्टी सम्पन्न गरेको हो । अध्यक्ष हरिकुमार मल्लको अध्यक्षता र पूर्वमेयर विष्णुबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साउथ इस्ट रिजनल तमु धीं लन्डनका अध्यक्ष प्रेमकुमार लामा, डाइमण्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरुङ, समाजसेवी मोहन गुरुङ, नेवार समाज युकेका अध्यक्ष माधव श्रेष्ठ, राजेन्द्र खस, सुलोभ श्रेष्ठ, डा. हरिश कुमार अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम सञ्चालन महासचिव गमबहादुर गुरुङ, स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष खुमबहादुर गुरुङ, हेल्थ एन्ड सेफ्टीबारे जानकारी उपाध्यक्ष विष्णुमाया गुरुङले दिनुभएको थियो । कार्यक्रममा भाषणभन्दा पनि नाचगान, नाटकमा भरपुर रमाइलो गराइएको थियो । नेपालबाट आएका राष्ट्रिय कलाकार राजन गुरुङ, मेरी बास्सैका होनाहार कलाकार रजिना अधिकारी र स्थानीय कलाकारहरुले राखेको प्रस्तुतिले दर्शकको मन जितेको थियो ।
अन्तमा अध्यक्ष मल्लले एकतामा जोड दिनुहुँदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति धन्यवाद र आभार ज्ञापन गर्नुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा