
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद् पीडित नेपालीलाई सहयोग गर्न अपिल गरेको छ ।
एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले यतिबेला मातृभूमि रुँदा आफूहरुको पनि मन रोएको उल्लेख गर्नुहुँदै क्षमताले भ्याएसम्म सहयोग गर्न सबै बेलायतवासी नेपालीहरुलाई अपिल गर्नुभएको हो । सहयोग अभियान अध्यक्ष गाहामगरले ३० पाउन्ड, एनआरएनए अभियन्ताहरु डेभिड गुरुङले ३० पाउन्ड र अनिल मल्लले ३० पाउन्ड दान गरेर थालनी भएको छ ।
अध्यक्ष गाहामगरले संकलित चन्दा सिधै पीडितलाई दिने र रकम पारदर्शीरुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
गत बिहीबार रातिदेखि शनिबार अपराह्नसम्मको वर्षापछि निम्तिएको बाढीपहिरो र डुबानमा परी सोमबारसम्म नेपालभर २ सयभन्दा बढीको मृत्यु भएको छ । दर्जनौं बेपत्ता र घाइते भएका छन् ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा