
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र तर्फबाट संघीय सांसद माधव सापकोटाले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने निर्णय गर्नुभएको छ ।
सिन्धुपाल्चोकलगायत देशभर पछिल्लो समय परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा सांसद सापकोटाले जिल्लाको उद्धार, राहत, र पुनःस्थापनाका काममा सहभागी हुन कार्यक्रम रद्द गर्नुभएको हो । सापकोटा सिन्धुपाल्चोकको संघीय संसदको क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ र जिल्लामा आइपरेका विपद्को समयमा निरन्तर जनताको सेवामा खटिने प्रतिबद्धता जनाउनुभएको छ ।
‘मैले असोज १४ र १५ गते लण्डनको इन्टरनेशनल ग्रोथ सेन्टरद्वारा आयोजना गरिएको शोध तथा नीति सम्मेलनमा ‘Maoist Revolution and Provisions for Gender Inclusion’ विषयमा सम्बोधन गर्न सहभागी हुने कार्यक्रम थियो,’ उहाँले भन्नुभयो, ‘तर अहिलेको अवस्थामा जिल्लामा नै रहेर उद्धार, राहत र पुनःस्थापनामा जुट्नु नै मेरो प्राथमिकता हो।’
सिन्धुपाल्चोक जिल्ला दशकयता विभिन्न प्राकृतिक विपद्को मारमा पर्दै आएको छ। यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले पुनः जिल्लाको धेरै ठाउँमा ठूलो क्षति पुर्याएको छ । यसअघि सांसद सापकोटा जिल्लाको जुगल, बलेफी, बाह्रविसे, भोटेकोशी, लिसंखुपाखर, र चौताराका ३० वडामा पुगेर जनतासँग भेटघाट र अन्तरक्रिया गरिसक्नुभएको थियो ।
‘अहिलेको संकटपूर्ण समयमा यहाँका जनताको पीडामा मलम लगाउन हाम्रा सबै प्रयास जारी राख्नेछौं,’ उहाँले भन्नुभयो । ‘अरनिको लोकमार्गसहित सबै सडकको छिटो सञ्चालनको लागि आवश्यक पहल गरिनेछ।’
सिन्धुपाल्चोकवासी आमा, बुवा, दिदीबहिनी तथा दाजुभाइहरूका लागि सांसद सापकोटाले थप्नुभयो, ‘तपाईंहरूको पीडामा मलम लगाउन म सदैव प्रतिबद्ध छु र तपाईंहरूकै साथमा रहनेछु।’
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी