लन्डन । विभिन्न कार्यक्रमसहित तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोज (लाइफ मेम्बर्स डिनर नाइट) आगामी १९ अक्टोबर २०२४ मा हुने भएको छ ।

हरेक वर्ष आयोजना गर्दै आएको रात्रिभोज कार्यक्रम यस वर्ष एम्पायर हल अल्डरसटमा १९ अक्टोबरमा गर्ने तय भएको वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले जानकारी दिनुभएको छ । तमु धीं यूकेको वर्षभरिका चार वटा मुख्य कार्यक्रम मध्येको यस कार्यक्रमको अझ बढी महत्त्व रहेको संस्थाले जनाएको छ ।
कार्यक्रममा तमु धीं यूकेलाई अथाह सहयोग र अतुलनीय योगदान दिने उत्कृष्ट तमु/तमुस्योलाई आदर्श तमु/तमुस्योले विभूषित बनाई सम्मान गरिनेछ । अवार्ड पाउने व्यक्तिहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
तमु धीं यूके जस्तो बृहत् संस्थामा जोडिन आएका नवआजीवन सदस्यलाई स्वागत तथा सम्मानसमेत गरिनेछ ।
कार्यक्रममा उपस्थित हुन सम्पूर्ण महानुभावलाई तमु धींले अनुरोध गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा