
लन्डन । इजरायलको आक्रमणका कारण तनाव चर्कंदै गएपछि बेलायतले नागरिकलाई लेबनान छाड्न आग्रह गरेको छ ।
बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आफ्ना नागरिकको सुरक्षाका लागि लेबनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले भन्नुभएको छ, – ‘हामी आकस्मिक योजनाहरू बढाउँदैछौं, हामी सम्भावित पूर्ण युद्धको छेउमा छौं ।’ बीबीसीका अनुसार लेबनानमा करिब १० हजार बेलायती रहेका छन् ।
बेलायती रक्षा मन्त्रालयले लेबनानबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन साइप्रसनजिकै करिब ७ सय फौज पठाउन लागेको छ ।
यस्तै अमेरिका, क्यानडा, फ्रान्स, साउदी अरब, अस्ट्रेलिया, जापानले पनि नागरिकलाई लेबनान छाड्न आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले लेबनानका विभिन्न स्थानमा गरेको आक्रमणमा लेबनानमा तीन दिनयता मारिनेको संख्या ५ सय ७३ पुगेको छ । मारिनेमध्ये सयभन्दा बढी महिला र बालबालिका छन् । करिब १८ सय जना घाइते भएका मन्त्रालयले जनाएको छ । बुधबारमात्रै कम्तीमा १५ जनाको ज्यान गएको छ । आक्रमणमा दर्जनौं घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले बुधबार तेबनाइन, बिन्ट जेबिल, जोउन, एन काना, अल–माइस्रा लगायतका स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी