
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को कार्यकारी नेतृत्व लिलादेवी गुरुङलाई हस्तान्तरण गरिएको छ ।
प्लमस्टिडमा सोमबार आयोजित कार्यक्रममा यसअघिका कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार गुरुङलाई कार्यकारी कार्यभार हस्तान्तरण गर्नुभएको हो । गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्ष संस्थाको नेतृत्व सम्हाल्नुहुनेछ ।
उहाँले आफ्नो एक वर्षे कार्यकालमा संस्थालाई अझ सक्रिय र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि भूतपूर्व गोर्खाहरुको संस्था जिगेसाको पनि नेतृत्व गरिसक्नुभएकी गुरुङले एनआरएनए यूके महिला सचिव र आईसीसी सदस्यलगायतका जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ ।
महासचिव ह्यारी गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा आरजीएनएस पूर्वअध्यक्ष एवम् ग्रीनवीच बरो मेयर जीत रानाभाट, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, सल्लाहकार मोहन गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, तमुधिं साउथ इष्ट आमा समूह अध्यक्ष बिन्दु गुरुङ, सल्लाहकारहरु एलएन पाण्डे, अर्कराज तिम्सिना, पण्डित निलहरि घिमिरे, सहदेव गिरी, हरिकुमार मल्ल, सुशील प्रजापति, प्रकाश कँडेलका साथै कार्यमितिका उपाध्यक्ष मञ्जु भण्डारी र सुरोज मास्के, कोषाध्यक्ष सोनी श्रेष्ठ, सदस्य रामकृष्ण अर्याललगायतको उपस्थिति थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा