
लन्डन । गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो (जीएनसीपी)को आयोजनामा गोर्खा र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार २२ सेप्टेम्बर २०२४ बेलुका पिटरबरोको गोर्खा टेष्ट रेस्टुरेन्टमा उक्त अन्तरक्रिया भएको हो । सीएनसीबीजीको तर्फबाट उपाध्यक्ष दलबहादुर बुढाथोकी र सचिव जीत घर्तीमगरले गोर्खाहरुका लागि वंशजको नागरिकता विषयमा प्रस्ट्याउनुभएको थियो ।
छलफलको क्रममा संस्थाका सल्लाहकार राम राईले सीएनसीबीजीले ठीक विषय उठाइरहेकोले गोर्खाहरुमा आशा जागेको भन्नुहुँदै यो काम सन्ततिहरुको निम्ति भएकोले अभियानलाई सहयोग गर्न अनुरोध पनि गर्नुभयो । आर्थिक पक्ष पारदर्शिता नभएमा सीएनसीबीजी नै जवाफदेही हुनुपर्ने भएकोले सावधानी अपनाउन सुझाव दिनुभयो ।
गोर्खालीहरुको लागि समस्या चर्किंदै गएकोले आफ्नो अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड रहेको सीएनसीबीजी उपाध्यक्ष दलबहादुर बुढाथोकीले जानकारी गराउनुभयो ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा गोर्खा टेष्ट रेस्टुरेन्टका सञ्चालक मणिराज जोल्मीले गोर्खाहरु नेपाल सरकारले नै आवासीय अधिकार दिन सहमत भएकोले आफैले वंशजको नागरिकता खोस्न नमिल्ने बताउनुभयो । उहाँले वंशजको नागरिकता जोगाउन सबै एकजुट भएर सीएनसीबीजीले संचालन गरेको अभियानमा जोडिन र सहयोग गर्नुपर्नेमा जोड दिँदै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम संस्थाका सचिव तुल पुनले संचालन गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा