
लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपालका सरकारका पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन शनिबार बेलायत आइपुग्नु भएको छ ।
लिङ्देन नेतृत्वको राप्रपा नेताहरुको टोली शनिबार मध्याह्न (२१ सेप्टेम्बर २०२४) लन्डनको गेटवीक एयरपोर्ट ओर्लनुभएको हो । अध्यक्ष लिङ्देनलगायत नेतालाई प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष रोशन सापकोटा, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर लगायतले विमानस्थलमा स्वागत गर्नुभयो ।
उहाँहरु पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को आइतबार र सोमबार हुने कार्यक्रममा सहभागी हुन बेलायत आउनुभएको हो ।
प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानबहादुर शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा हुनुहुन्छ । पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उहाँहरु सहभागी हुनुहुनेछ । साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।
उहाँहरु यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुने तालिका छ ।
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी