
लण्डन । ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन ननिटनले मेयरको च्यारिटीका लागि एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको छ ।
शुक्रबार साँझ स्थानिय गोरखा कर्नर रेष्टुराँमा आयोजित एक कार्यक्रमबाट ५०० पाउण्ड संकलन गरी मेयरको च्यारिटीमा हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष भीम सारुले जानकारी दिनुभयो ।
कार्यक्रममा ननिटनका मेयर काउन्सिलर बिल ह्यानकक्स, श्रीमती मेयर शैला ह्यानकक्स लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ननिटनका नेपालीहरूको उल्लेख्य उपस्थिति हुनुका साथै बालबालिकाहरूले नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
एसोसिएनका अध्यक्ष भीम सारुले मेयरको च्यारिटीमार्फत स्थानीय जर्ज एलियट अस्पतालको क्यान्सर युनिटलाई सहयोग गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।
नेपालीहरुबीच एकता कायम गर्दै सबै ननिटनबासीहरुबीच एकताको भाव विस्तार गर्न कार्यक्रम आयोजना गरिएको पनि अध्यक्ष सारूले जानकारी दिनुभयो ।

तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी