
लन्डन । नेपाल पत्रकार महासंघ युकेले बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तथा नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाललाई औपचारिक रुपमा बिदाइ गरेको छ ।
महासंघ यूकेकी अध्यक्ष विमला सेने नेतृत्वको टोली लन्डनस्थित नेपाली दूतावासमै पुगेको शुक्रबार कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई बिदाइ गरिएको हो । खनाल र नेपाल चार वर्षे कार्यकाल सकेर छिट्टै नेपाल फर्कँदै हुनुहुन्छ । उक्त अवसरमा महासंघले दूतावास आउनुभएका तृतीय सचिव झुपलाल पुनमगरलाई स्वागत, सम्मान समेत गरेको थियो ।
महासंघ अध्यक्ष सेनेले नेपाल फर्किन लाग्नुभएका कूटनीतिज्ञहरुको भावी करिअर अझ प्रगति होस् भन्ने शुभकामना दिनुभएको थियो ।
कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुको बिदाइ र बेलायत कार्यकालमा पत्रकारहरुले पूर्णसाथ दिएकामा आभार व्यक्त गर्नुभयो ।
बिदाइ कार्यक्रममा अध्यक्ष सेने, उपाध्यक्ष शिव भण्डारी, पत्रकार महासंघ युकेका केन्द्रीय प्रतिनिधि तथा एभरेस्ट टाइम्सका सम्पादक दुत पुन, प्रबन्ध निर्देशक तथा पत्रकार महासंघ यूकेका सदस्य नगेन्द्र नेम्बाङ, अन्य सदस्यहरु गोमा राना, वाचस्पति रेग्मीलगायतको उपस्थिति थियो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु