
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध अर्घौं सदनका लामा हर्कजंग घले र प्रदीप गुरुङलाई स्वागत गरेको छ ।
सोमबार १६ सेप्टेम्बर साँझ बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा गुरुहरुले उहाँहरुलाई स्वागत गर्नुभएको हो ।
उहाँहरु आउने २ अक्टोबरदेखि ६ अक्टोबरसम्म बीसीसी युकेले आयोजना गर्न लागेको ञ्यूङ्ने व्रतका लागि बेलायत आउनुभएको हो । बौद्ध धर्ममा ञ्यूङ्ने व्रतको छुट्टै महत्व रहेकोले बीसीसी युकेले यसअघि पनि आयोजना गरेको थियो । सोही अनुरुप यस वर्ष आयोजना गर्न लागिएको बीसीसी युकेले जनाएको छ । सो अवसरमा ञ्यूङ्ने व्रतलाई सफलतापूर्वक संचालनबारे कार्यसमिति, गुरु र आमाहरुबीच छलफल भएको थियो ।

स्वागत कार्यक्रममा बीसीसी युकेका धर्मगुरु खेन्पो सेनाङ्ग, लोपेन नोर्बु, लोपेन दावा, बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं ञ्यूङ्ने ब्रत संयोजक मेजर खुशीमान गुरुङ, बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्वआमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुको उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा