
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध अर्घौं सदनका लामा हर्कजंग घले र प्रदीप गुरुङलाई स्वागत गरेको छ ।
सोमबार १६ सेप्टेम्बर साँझ बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा गुरुहरुले उहाँहरुलाई स्वागत गर्नुभएको हो ।
उहाँहरु आउने २ अक्टोबरदेखि ६ अक्टोबरसम्म बीसीसी युकेले आयोजना गर्न लागेको ञ्यूङ्ने व्रतका लागि बेलायत आउनुभएको हो । बौद्ध धर्ममा ञ्यूङ्ने व्रतको छुट्टै महत्व रहेकोले बीसीसी युकेले यसअघि पनि आयोजना गरेको थियो । सोही अनुरुप यस वर्ष आयोजना गर्न लागिएको बीसीसी युकेले जनाएको छ । सो अवसरमा ञ्यूङ्ने व्रतलाई सफलतापूर्वक संचालनबारे कार्यसमिति, गुरु र आमाहरुबीच छलफल भएको थियो ।

स्वागत कार्यक्रममा बीसीसी युकेका धर्मगुरु खेन्पो सेनाङ्ग, लोपेन नोर्बु, लोपेन दावा, बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं ञ्यूङ्ने ब्रत संयोजक मेजर खुशीमान गुरुङ, बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्वआमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुको उपस्थिति रहेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा