
लन्डन । इभेन्ट्स नेपाल यूके र ब्राण्डवर्थ प्रालिको सहकार्यमा बेलायतमा पहिलोपटक गाईजात्रा कार्यक्रम भएको छ ।
आइतबार साँझ लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा हास्य कलाकार मनोज गजुरेल, सुबोध गौतम, प्रताप लामालगायतको प्रस्तुति र कलाकारहरुको दोहोरीसहित ‘गाईजात्रा यूके’कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कलाकार गजुरेल भूतपूर्व गोर्खा क्याप्टेन मिस्टर थापा र गौतम प्रधानमन्त्री ओली र नेपाली वैज्ञानिक महावीर पुनको अवतारमा देखिएका प्रभात लामा उपस्थित हुनुभएको थियो ।
भूतपूर्व लाहुरेको अवतारमा स्टेज उत्रिएर गजुरेलले प्रस्तुति राख्दा दर्शकदीर्घामा रहेका सयौं भूतपूर्व वृद्धवृद्धा कतिबेला भावुक देखिन्थे । बेला बेला हाँसो थाम्न नसकेर उत्साहित पनि हुन्थे ।
दिपक मैथाने मगरले सञ्चालन गरेको प्लमस्टिड गाईजात्रा शोमा गायक दीपक घर्तीमगर एवं लोकदोहोरी गायक, गायिका मनमाया वाइबा र राजु ढकालले दोहोरी गाएर दर्शक नचाउनुभयो भने अघिल्लो दिन हेजमा आयोजित पहिलो शोमा गायक गायिका टिका सानु र राजु ढकालको विशेष दोहोरी थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास