
लन्डन । बेलायतको प्रतिष्ठित प्राज्ञिक संस्था, रोयल एसियाटिक सोसाइटीमा आउँदो महिना नेपालको जलविद्युत् क्षेत्रको बारेमा एउटा विद्वत् प्रवचन आयोजना हुने भएको छ । त्यसक्रममा सिकागोस्थित युनिभर्सिटी अफ इलिनोयमा इतिहास तथा मानवशास्त्रका प्राध्यापक प्रा मार्क लिख्टीले “नेपालमा जलविद्युत् विकासका पाठहरु” विषयमा व्याख्यान दिनुहुनेछ ।
आउँदो ८ अक्टोबर २०२४ (मंगलबार) बेलुका ६:३० बजेदेखि रोयल एसियाटिक सोसाइटीको पश्चिम लन्डनस्थित कार्यालयमा उक्त व्याख्यान हुने छ।
बेलायतको युनिभर्सिटी अफ लिड्समा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले अन्तर्राष्ट्रिय कानूनमा पुर्याएको योगदानको कदर गर्दै उहाँका सहकर्मी तथा मित्र डा जेम्स जे बुसुटिलले प्रत्येक वर्ष नेपालको विषयमा प्रकाशित हुने पुस्तक वा अनुसन्धानमूलक आलेखलाई रोयल एसियाटिक सोसाइटीमार्फत प्रदान गर्ने गरी “प्रा सूर्य सुवेदी पुरस्कार” स्थापना गर्नुभएको थियो । सन् २०२३ मा स्थापित उक्त पुरस्कार जित्ने प्रा लिक्टी पहिलो व्यक्ति हुनुहुन्छ ।
उहाँले नेपालको आधुनिक इतिहास, मध्यम वर्गको संस्कृति, पर्यटन तथा विकास लगायतका विषयमा ६ ओटा पुस्तकको लेखन तथा सम्पादन गर्नुभएको छ ।
[email protected] मा इमेल गरेर उक्त कार्यक्रममा सहभागी हुन सोसाइटीले अनुरोध गरेको छ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास