लन्डन । बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुर र अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल ब्रन्सले विश्व व्यवस्थामाथि खतरा बढेको चेतावनी दिनुभएको छ ।

मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने मुर र ब्रन्सले बताएको फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा उल्लेख गरिएको छ । ‘सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ’, लेखमा भनिएको छ,’रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ ।’
संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा शुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन् । लेखमा ‘उनीहरू (अमेरिका र बेलायत)ले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् ।
पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले सङ्कलन गरेका तथ्याङ्कको विशाल भण्डारहरू प्रयोग गरिरहेका लेखमा महत्वका साथ उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएको वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो ।
इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो ।
युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा